सोमवार, कार्तिक १०, २०८३
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • News
  • भेटघाट र खादा–मालाभन्दा सामाजिक सञ्जालबाटै जन्मदिनको शुभकामना

भेटघाट र खादा–मालाभन्दा सामाजिक सञ्जालबाटै जन्मदिनको शुभकामना

  • सोमवार, कार्तिक १०, २०८३
भेटघाट र खादा–मालाभन्दा सामाजिक सञ्जालबाटै जन्मदिनको शुभकामना

मुगु — डिजिटल प्रविधिको तीव्र विकाससँगै जन्मदिनको शुभकामना दिने परम्परामा पनि परिवर्तन आउन थालेको छ । विगतमा प्रत्यक्ष भेटघाट गरी खादा–माला लगाएर वा फोनमार्फत शुभकामना दिने चलन बढी देखिने गरे पनि पछिल्लो समय फेसबुक लगायत सामाजिक सञ्जालबाटै शुभकामना व्यक्त गर्ने प्रवृत्ति बढ्दै गएको छ।
नेपाल शिक्षक महासंघ मुगुकी अध्यक्ष तथा शिक्षिका विष्णुमाया भामको जन्मदिनको अवसरमा प्रत्यक्ष भेटघाट वा फोनमार्फत शुभकामना दिनेभन्दा फेसबुकमार्फत शुभकामना व्यक्त गर्नेहरूको संख्या बढी देखिएको छ।

शिक्षिका भामका विभिन्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै शुभेच्छुकहरूले प्रेरणादायी शब्द, भावनात्मक सन्देश तथा सिर्जनात्मक प्रस्तुतिमार्फत जन्मदिनको शुभकामना दिएका छन्।
नेकपा एमालेका नेता मोहन बानियाँले उनलाई ‘अब्बल शिक्षक नेत्री’का रूपमा उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्। त्यसैगरी, नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्वअध्यक्ष तथा सञ्चारकर्मी नृपेन्द्रबहादुर मल्लले सुख, शान्ति र समृद्धिको कामनासहित भावनात्मक सन्देशमार्फत शुभकामना दिएका छन्। उनीहरू सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नेहरूमध्ये प्रतिनिधि उदाहरण मात्र हुन ।

पछिल्लो समय जन्मदिनका अवसरमा आकर्षक तस्बिर, भिडियो, ग्राफिक्स, कोलाज तथा सिर्जनात्मक सन्देश सार्वजनिक गर्ने क्रम बढेको छ। यसले शुभकामना आदानप्रदानलाई सामान्य औपचारिकतामा सीमित नराखी कला, प्रविधि र भावनाको अभिव्यक्तिका रूपमा समेत विकास गरेको छ।

साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूले पुराना तस्बिर, सम्झनायोग्य भिडियो, कवितात्मक अभिव्यक्ति र प्रेरणादायी भनाइमार्फत आफ्ना भावना व्यक्त गर्ने गरेका छन्। परम्परागत आशीर्वाददेखि व्यक्तिगत अनुभवमा आधारित सन्देशसम्मले सामाजिक सञ्जालमा स्थान पाउन थालेका छन्।

विशेषगरी विदेशमा रहेका आफन्त तथा साथीभाइसँग शुभकामना आदानप्रदान गर्न सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको छ। भौगोलिक दूरी र व्यस्तताका कारण प्रत्यक्ष भेटघाट गर्न नसक्नेहरूलाई पनि फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता माध्यमले जन्मदिनको खुसी साटासाट गर्न सहज बनाएका छन्।

सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिने प्रवृत्तिसँगै देखासिकी र डिजिटल लोकप्रियताको मोहबारे पनि चर्चा हुन थालेको छ। कसले आकर्षक पोस्ट बनायो, कसले पहिले शुभकामना दियो र कसले सार्वजनिक रूपमा ट्याग ग¥यो भन्ने विषयलाई महत्व दिने प्रवृत्ति समेत देखिएको छ ।

सामाजिक सञ्जालमा व्यक्त गरिने शुभकामना केवल औपचारिकता वा लोकप्रियता प्रदर्शनको माध्यम नभई आपसी सम्बन्ध, आत्मीयता र सद्भाव अभिव्यक्त गर्ने अवसर बन्नुपर्ने सामाजिक अभियान्ताले जोड दिएका छन ।

डिजिटल प्रविधिले शुभकामना आदानप्रदानलाई सहज, छिटो र सिर्जनात्मक बनाएको छ। त्यसैले सामाजिक सञ्जाललाई बिकृति बिसंगतिलाई टाढा राखेर लोकप्रियता प्रदर्शनको माध्यमभन्दा पनि सम्बन्ध प्रगाढ बनाउने, सद्भाव बढाउने र खुसी साटासाट गर्ने माध्यमका रूपमा प्रयोग गर्न आवश्यक देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार