आइतवार, कार्तिक ९, २०८३
आइतवार, कार्तिक ९, २०८३
  • होमपेज
  • समाज
  • मुगु सोरु गाउँपालिकामा संचालित तीन महिने सिकाई कक्षा प्रभावकारी

मुगु सोरु गाउँपालिकामा संचालित तीन महिने सिकाई कक्षा प्रभावकारी

  • आइतवार, कार्तिक ९, २०८३
मुगु सोरु गाउँपालिकामा संचालित तीन महिने सिकाई कक्षा प्रभावकारी

मुगु— जिल्ला स्थित सोरु गाउँपालिका–९ स्थित कालै गाउँमा सञ्चालित तीन महिने सिकाइ सहजीकरण कक्षा प्रभावकारी बनेको छ। किर्डाक नेपालको आयोजना तथा गुड नेबर्स इन्टरनेसनलको आर्थिक सहयोगमा सञ्चालित उक्त कक्षाले बालबालिकाको सिकाइ क्षमता वृद्धिमा महत्वपूर्ण टेवा पु¥याएको छ ।

कालै स्थित मष्टा आधारभूत विद्यालयका शिक्षक रामबहादुर शाहीका अनुसार विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत तर सिकाइ स्तर कमजोर रहेका बालबालिकाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो ।

बालबालिकामा आधारभूत साक्षरता, गणितीय क्षमता तथा सामाजिक सीपको विकास गराउनुका साथै उनीहरूलाई नियमित रूपमा विद्यालय आउने वातावरण बनाउनु यस कक्षाको मुख्य उद्देश्य रहेको छ। यस कार्यक्रमले बालबालिकाहरूमा बीचैमा विद्यालय छाड्ने (ड्रपआउट हुने) प्रवृत्तिको अन्त्य गर्न ठूलो सहयोग पु¥याउने लक्ष्य राखिएको शिक्षक शाहीले जानकारी गराए ।

दसैँको बिदाको समयलाई समेत सदुपयोग गर्दै सञ्चालन गरिएको यस सिकाइ सहजीकरण कक्षामा २० जना बालबालिकाको नियमित उपस्थिति रहेको थियो। बिदाको समयमा पनि निरन्तर कक्षा सञ्चालन भएपछि बालबालिकाको सिकाइमा उल्लेख्य सुधार आएको र कक्षा अत्यन्तै प्रभावकारी बनेको शिक्षकको भनाई छ ।
यस कक्षाले बिधार्थीहरुलाई सिकाईमा महत्वपूर्ण सहयोग प्रदान र कक्षा बाट बिधार्थीहरु पनि उत्साहित भएको हुदा यस कक्षालाई किर्डाक नेपालले निरन्तरता दिनु पर्ने अभिभावक तथा बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मनसिह लुवारको भनाई छ ।
कक्षा संचालन बाट बिधार्थीहरु धेरै उत्साहित छन लुवारले भने संस्थाले यो कक्षालाई निरन्तरता दिन सके अझै प्रभावकारी हुने थियो । यो कक्षा बाट सिमित बिधार्थीहरु मात्र नभएर अभिभावक बर्ग पनि खुशी देखिएको उनको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार