काठमाडौ— नेपाली कम्युनिष्ट पार्टीले दुई महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने औपचारिक घोषणा गरेका छन ।
बढ्दो महँगी, बेरोजगारी, युवा पलायन र किसान तथा व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै पार्टीले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको उनको दाबि छ ।
श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै नेताहरूले जनताको विश्वास पुनः आर्जन गर्न कार्यशैली बदल्नुपर्ने निष्कर्ष नेपाली कम्युनिष्ट पार्टीको छ ।
अभियानका क्रममा केन्द्रिय नेताहरूकै कमाण्डमा गाउबस्ती टोल–टोल पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरिने दाहालले जानकारी गराएका छ ।