बुधबार, अशोज ७, २०८३
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • News
  • प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

  • मङ्लबार, अशोज ६, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

    फोटो PMO Nepal

काठमाडौ —संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट सहभागी हुन प्रधानमन्त्री बोलेन्द्र शाह (बालेन) अमेरिकाको न्यूयोर्क प्रस्थान  प्रस्थान गरेका हुन । प्रधानमन्त्री शाह कतार एअरवेजमार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य लगायत रहेका छन
यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।

चर्चामा

सम्बन्धित समाचार