काठमाडौ —नेपाली कांग्रेसले आज देशैभर स्थानीयतह पालिकामा अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशन अन्तर्गत पालिका नगर तहमा अधिबेसन गरिने भएको छ ।
आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । यसअघि कांग्रेसले वडा अधिवेशन गरेको थियो ।