काठमाडौ —शाही युवा शक्ति नेपालको महामन्त्री पदमा रेशम चन्द मल्ल मनोनित भएका छन । बिगत लामो समय राज संस्था र हिन्दु राष्टको पक्षमा मुद्दा बोकेर अभियान संचालन गर्दै आएका मल्ललाई शाही युवा शक्ति नेपालले महामन्त्रीमा मनोनित गरेको छ । बिद्यान बमोजिम उहालाई महामन्त्रीमा मनोनित गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ । मुगु जिल्ला सोरु गाउपालिका—६ का मल्ल बिगत लामो समय देखि राज संस्था र हिन्दुराष्टको पक्षमा अभियान संचालन गर्दै आएका छन ।