आइतवार, अशोज १८, २०८३
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक

  • शुक्रबार, अशोज १६, २०८३
कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफनो सम्पति वेभसाइटमा अपलोड गरि सार्वजनिक गरेका छन । वेभसाइटमा अपलोड गरिएको सम्पति बिबतरण अनुसार उहाँसँग सुन र चाँदी १०–१० तोला रहेको उल्लेख गरिएको छ ।

सम्पत्ति विवरणमा बैंक खातामा नगद मौज्दात १ लाख ५५ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ। यस्तै, उहाँको नाममा १८ लाख रुपैयाँ ऋण रहेको र यसअघि ९५ लाख ५० हजार रुपैयाँ ऋण तिरिसकेको विवरणमा जनाइएको छ।

मुख्यमन्त्री शाहीको नाममा मुगुमा करिब १३ रोपनी जग्गा रहेको उल्लेख छ। सवारी साधनतर्फ उहाँसँग एउटा सुजुकी स्कुटर रहेको विवरणमा जनाइएको छ।

त्यसैगरी, उहाँसँग १ लाख १० हजार रुपैयाँ मूल्यको क्यामेरा, ९० हजार र ६० हजार रुपैयाँ मूल्यका दुई थान मोबाइल तथा करिब ९० हजार रुपैयाँ मूल्यको ल्यापटप रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार