शुक्रबार, अशोज २, २०८३
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • राजनीति
  • राप्रपा मुगुको अध्यक्षमा बीरचन्द बुढा

राप्रपा मुगुको अध्यक्षमा बीरचन्द बुढा

  • बिहिबार, अशोज १, २०८३
राप्रपा मुगुको अध्यक्षमा बीरचन्द बुढा

मुगु —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मुगु जिल्ला अध्यक्षमा वीरचन्द बुढा सर्वसम्मत रूपमा चयन भएका छन । पार्टीको जिल्ला अधिवेशनले सोरु गाउँपालिका–५ नेर गाउँका ३६ वर्षीय बुढालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

कलिलो उमेरमै राप्रपा बाट राजनीतिक यात्रा सुरु गरेका बुढा वि.सं. २०६९ देखि निरन्तर पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन ।
यसअघि पार्टीमा दुई पटक जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका उहाँले मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता ठूला दलहरूको वर्चस्व रहेको अबस्थमा राप्रपा सङ्गठनमै रहेर संगठन विस्तार र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गदै आएका थिए ।

अध्यक्ष पदमा चयन भएपछि प्रतिक्रिया दिँदै बुढाले पार्टीले दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गरेका छन । उहाँले भने पार्टी केन्द्रसँग समन्वय र सहकार्य गर्दै सङ्गठन सुधारमा विशेष ध्यान दिनेछु। कार्यकर्ताको मनोभावना बुझेर अघि बढ्नेछौँ ।
जिल्लाको विकास निर्माणका लागि अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जाहेर गरेका छन । अधिवेशनले बुढाको नेतृत्वमा हाल २१ सदस्यीय जिल्ला कार्यसमिति पहिले नै गठन गरि सकेको छ ।
अध्यक्ष बुढाले भने जिल्ला अधिबेसन त केही महिना अघि नै भइसकेको हो र जिल्ला कार्य समिति सदस्य मनोनय प्रकृया भइराखेको छ ।

सगठन निर्माण र सक्रियताः जिल्लामा राप्रपाको संगठनलाई सुदृढ बनाउन, पुराना कार्यकर्तालाई गोलबन्द गर्न र युवाहरूलाई आकर्षित गर्न अध्यक्ष बुढाको लगातारको राजनीतिक सक्रियता महत्वपूर्ण रहेको छ । सर्वसम्मत नेतृत्व र गुटबन्दी अन्त्यः जिल्ला तहमा हुने आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सर्वसम्मत रूपमा नेतृत्व चयन गरी पार्टीभित्र एकताको सन्देश दिन बीरचन्द बुढालाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।
आगामी निर्वाचनको तयारीः मुगुका स्थानीय तह तथा प्रदेश÷संघीय निर्वाचनमा पार्टीको स्थिति बलियो बनाउन स्थानीयस्तरमा प्रभाव पार्न सक्ने नेतृत्वको आवश्यकतालाई ध्यानमा राखेर राप्रपाले यो निर्णय गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार