काठमाडौ —नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । आइतबार काठमाडौँको खुलामञ्चमा उदघाट सत्र सम्पन्न भएपछि आज बिहान बजेदेखि बन्द सत्र सुरु हुने नेपाली कांग्रेसले जनाएको छ ।
बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू सुरु गरिने छ ।