बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • कृषि
  • सय मिटर तल कर्णाली माथि उर्भरा भूमि बाझै

सय मिटर तल कर्णाली माथि उर्भरा भूमि बाझै

  • बुधबार, बैशाख ५, २०८१
सय मिटर तल कर्णाली माथि उर्भरा भूमि बाझै

क्याराभान खबर
मुगु जिल्ला स्थित सोरु गाउ“ पालिका नार्थपु गुल्मको करिव १२ सय हेक्टर उर्भरा जमिनमा सिचाईको अभावले बा“झिदै गएको छ ।

उक्त जमिनको १ सय मिटर तल हुम्ला कर्णाली नदी सलल बगिरहेको छ । लिफट प्रबिधि बाट पानी माथि जमिनमा ल्याएर सिचाई गर्ने भने करिव १ हजार परिवारलाई प्रयाप्त अन्न उत्पादन देखि तरकारी फलफुल मनग्य आम्दानी हुने देखिन्छ ।

गुल्म सिचाई नहरको मुहानको करिव २ सय मिटर सुक्खा पहिरले नहर क्षेति गर्दा बाहैमास पानी चल्न नसक्दा जवलधारा, नार्थपु, जडेपानी, धुपी, नचारा, लगायत बस्तीका स्थानीयलाई सिचाइको अभावले आकासे पानीको भरमा गुल्ममा अन्नबाली लगाउन बाध्य छ ।
सय मिटर तल कर्णाली नदी छ माथि उर्भरा जमिन बा“झै छ सोरु गाउपालिका–२ जडेपानी गाउ“का नरबीर शाहीले सुनाए । उनले भने सिचाईको सुबिधा भइदिए धान, गहु“ जौ, प्रसस्तै फल्यो । सिचाई सुबिधा भइदिए गुल्म क्षेत्र अन्नको भण्डार हो उनले बताए । सिचाइको अभावले आकासे पानीको भरमा अन्नबाली लगाउनु परेको शाहीले बताए । खडेरीले भित्तखोलाको पानी पनि सुक्दै गएपछि गुल्मको उर्भरा भूमि बा“झिदै गएको छ ।

सोरु गाउ“ पालिकाको जिमा कुलाहा“ क्षेत्र १८ रोपनी भन्दा बढी उर्भरा भूमि सिचाइको अभावले बा“झै छ डेढ सय मिटर तल मुगु कर्णाली नदीको पानी बगेको छ । पुरुमुरु, जिमा लगायत ४ सय भन्दा बढी परिवारको उक्त उर्भरा जमिन सिचाइको असुबिधाले घा“से मैदानमा परिणत भएको छ ।
तरकारी बारीमा हाल्ने पानी छैन डेढ सय मिटर तल मुगु कर्णालीको पानी खेर गइरहेको सोरु गाउ“पालिकाका पूर्ब पालिका अध्यक्ष लोकबहादुर शाहीले बताउनु भयो कर्णाली नदी नजिकका उर्भरा भूमिलाई सिचाई गर्न सरकारको ध्यान नगएको उनको भनाई छ खत्याड गाउ“पालिका–८ सुकाढिक घाटज्यूलाको करिव ३ सय रोपनी उर्भरा भूमि पनि बा“झै छ । उक्त भूमिको १ सय मिटर तल हुम्ला कर्णाली नदीको पानी छ ।

धान, गहु“, जौ र आ“प, केरा, अनार अम्बा फल्ने घाटज्यूलामा सिचाइको अभावले अन्न बाली देखि फलफुल उत्पादन गर्न नसकेर स्थानीय उर्भरा भूमि बा“झै राख्न बाध्य भएका छन ।

सिचाई अभावले ३ सय रोपनी उर्भरा भूमि बा“झै रहेको सुकाढिक गाउ“का स्थानीय महेश गिरीले जनाए । उनले भने १ सय मिटर तल बाट हुम्ला कर्णाली नदी बगिरहेछ पानी माथि ल्याउने प्रबिधि नहु“दा ३ सय रोपनी उर्भरा जमिन सिचाई गर्ने पानी नहु“दा बा“झि रहेको छ ।

सोरु गाउ“पालिका–४ लिब्रु खोलाको पानी खडेरी बर्षेनी घटदै गएको छ । त्यहा“का करिव २ सय परिवारलाई रोपाई गर्न पानीको अभाव झेल्नु पर्ने अबस्था छ । लिब्रु थपालीज्यूको १ सय मिटर तल हुम्ला कर्णाली छ । उक्त पानी माथि ज्यूलामा ल्याउन प्रबिधि अभावले रोपाइमा स्थानीयलाई समस्या झेल्नु परेको छ
हुम्ला अदानचुली गाउ“पालिकाको तलतडी र सर्केगाड गाउ“पालिकाको तुम्च गाउ“का स्थानीयलाई पनि खेतमा धान गहु“ उत्पादन गर्न सिचाईको संकट ब्यहोरर्नु पर्ने अबस्था छन ।तलतडी र तुम्च ज्यूलाको करिव २ सय मिटर तल बाट हुम्ला कर्णाली नदीको पानी खेर गइरहेको छ । खडेरीले तुम्च खोलाको पानी सुक्दै गएपछि स्थानीयलाई रोपाइमा निकै कष्ट हुने गरेको छ ।जिल्ला सदरमुकाम देखि सोरु गुल्म, कुलाहा र खत्याड घाटज्यूला क्षेत्रको बा“झो उर्भरा भूमि सम्म सडक मार्ग पुगि सकेको हुदा त्यहाको उत्पादनलाई बजार लैजान सजिलो हुने स्थानीयको भनाई छ ।
सरकार तथा गैससको लगानीमा मुगुका खोला स्थानमा प्रयाप्त साना र ठूलो सिचाई कुला निर्माण गरिएको भएपछि कर्णाली नदी नजिकका ठूला फा“ट उर्भरा जमिन समेटने गरि सिचाइ नहर र लिफट प्रबिधिका सिचाई सुबिधा छैन ।

चर्चामा

सम्बन्धित समाचार