
क्याराभान खबर
कर्णालीको उत्कृष्ट पर्यटकिय स्थल रारा भन्दा झन रमणीय मुगु गाउ“को सेरोफेरो छ । मुगु गाउ“ मुगुम कार्मारोङ गाउ“पालिकाको माथिल्लो हिमाली बस्ती हो ।
समुद्री सतह देखि करिव १२ हजार ५ सय फिट उचाईमा रहेको मुगुम कार्मारोङ गाउ“पालिकाको उत्तरी तिब्बत सिमा सित जोडिएको मुगु गाउ“को दृष्य र कोइजी हिमाल रमणीय स्थल रहेका छन ।
प्रचारको समस्याले पहिचान हुन सकेका धेरै भन्दा धेरै पर्यटकिय स्थलहरु पर्यटकको पखाईमा छन ।
हिउ“ले खारिएका चा“दी झै टल्किने सुन्दर हिमाल छन । तिब्बत बाट बग्दै आएको कञ्चन बगरको छेउमा रहेको मुगु गाउ“ अबस्थित छ । पर्यटकको लागि मुगु गाउ“ मात्र नभएर मौलिकताले परिचित प्रशिद्ध तिर्थस्थल छाया“नाथ, डोल्फुको तामा खानी, फलाम खानी, तिहार गुम्बा, तिहार दोभाव नदी, र कोइजी मरक्का हिमाल, च्याङजे छहरा, तथा अनगिन्ती बौध धर्मालम्बिका चिटिम र गुम्बाले मुगुम कार्मारोङ भरिपूर्ण छ
पछिल्लो पटक रारा घुम्न आउने केही पर्यटक चंखेली लेक सम्म पुग्न सुरु गरेका छन । गमगढी देखि चंखेली लेक सम्म मोटर बाटो पुगेपछि पर्यटकहरु जान थालेका हुन ।
रारा भन्दा झन उत्कृष्ट मुगुम कार्मारोङ गाउ“पालिकाका रमणीय पर्यटकिय स्थल रहेको मुगुम कार्मारोङ गाउ“पालिकाका छिरिङक्याप्ने लामा बताउछन ।
पर्यटकिय हिसावले कार्मारोङ झन सुन्दर भरिपूर्ण भएपनि मोटर बाटोको सुबिधा नहु“दा पर्यटक बाट अछुतो रहेका उपाध्यक्ष छिरिङ फुटिक लामाले बताइन ।