शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • देश
  • मुगु नखर्जी गाउको सेरोफेरो

मुगु नखर्जी गाउको सेरोफेरो

  • शुक्रबार, बैशाख ७, २०८१
मुगु नखर्जी गाउको सेरोफेरो

 

 

 

 

क्याराभान खबर
मुगु जिल्ला स्थित खत्याड गाउ“पालिका–९ नखर्जी गाउ“मा ४ सय ३५ घरधुरी छन । कार्कीबाडा, रोकायाकाडा, दलितबाडा, बेनबाडा, गिमगाउ“ पनि यसै नखर्जी बस्ती भित्र समाबेश छन ।
यहा“ दलित, क्षेत्र, ठकुरीको बसोबास छ जिल्ला सदरमुकाम गमगढी देखि नखर्जी पुग्न करिव २ दिन लाग्ने गरेको छ । पशुपालन देखि अन्न उत्पादनको भण्डारको रुपमा यो गाउ“ परिचित छ यहा“का स्थानीयले उहिले देखि अहिले गाई, भैसी, भेडाबाखा्र, पाल्दै आएका छन । बजार देखि गाउ“ सम्म समान ओसार पसार गर्न यातायातको रुपमा खच्चर प्रयोग गर्ने गरेका छन ।

धान, कोदो, कागुनो, चिनो, गहु“ जौ, फल्ने नखर्जी गाउ“का ८६ बर्षिय पञ्च रोकायाले सुनाए । उनले भने माथि लेकमा स्याउ“ फल्ने र तल गाउ“मा केरा, सुन्तला, दाते ओखर, कागती फल्ने गरेको छ । सिचाईको सुबिधाले गर्दा फलफुल देखि अन्न उत्पादन राम्रो हुने गरेको छ । धार्मिक संस्कृति रहनसहन भेषभूषा आफनै पुख्र्यौली पहिचानमा आधारित छ । यहा“का स्थानीयले महादेब, धौलपुरा देउता बिशेष रुपमा मान्ने गरेका छन ।

नखर्जी गाउ“मा पञ्चदय माध्यमिक बिद्यालय देखि २ वटा प्राथमिक आधारभूत बिद्यालय भएकोले बालबालिकालाई पढन सुबिधा भएको उक्त गाउ“का खेम रोकायाले बताए । गाउ“मा प्रसुतीगृह सेवा र गाउ“ घर स्वास्थ्य क्लिनिक हुदा औषधि उपचारमा असहज नदेखिएको उनको भनाई छ । पछिल्लो पटक यहा“ का युवाहरु रोजगारको लागि बिदेशतिर जान सुरु गरेको उनको भनाई छ ।

नखर्जी गाउ“मा बिद्युत सेवा नभएपनि स्थानीयले सोलार प्रयोग बाट उज्यालो गर्ने गरेका छन । वडा कार्यालयमा वल्डलिङ्क इन्टरनेट सेवा र गाउ“मा फोरजी इन्टरनेट चल्ने गरेपछि युवायुवती कर्मचारी शिक्षक खुशी देखिएका छन ।

दुर्गम नखर्जी गाउ“का मोवाइल नेटवर्क देखि इन्टरनेट चल्छ युवायुवती कर्मचारी संसारमा जोडिने गरेको वडाअध्यक्ष लोकेन्द्र भण्डारीले बताए । गाउ“ सुधार र स्थानीय आबश्यकता अनुसार वडातह बाट पहल भइरहेको उनको भनाई छ । खत्याड गाउ“पालिकाकी उपाध्यक्ष सरिता रोकाया पनि नखर्जी गाउ“कै हुन ।

चर्चामा

सम्बन्धित समाचार