क्याराभान खबर
कर्णाली प्रदेशमा घुम्नै पर्ने पर्यटकिय उत्कृष्ट रमणीय गन्त्ब्य छन । नया“ बर्षमा उक्त पर्यटकिय गन्ब्त्य आन्तरिक तथा बाहय पर्यटकको निम्ति रोजाई हुन सक्छ ।
मुगुको रारा ताल
जिल्लाको एक मात्र उत्कृष्ट पर्यटकिय गन्ब्त्यमा रारा पर्ने गरेको छ । पछिल्लो पटक रारा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ ।
रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्टिय निकुन्जको कार्यालयले जनाएको छ ।
उक्त निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपाण्डा, गुच्ची च्याउ पा“च औले कटुकी, सुगन्धवाल पाइन्छ कालिकोटको पताल झरना
कालिकोट जिल्लाको पताल गाउपालिका भित्र पर्ने पताल झरना घुम्नै पर्ने स्थान हो । कालिकोट सदरमुकाम मान्मा बजार देखि पातल झरना पुग्न करिव १ दिन समय लाग्छ गाउपालिका रहेको स्थान सम्म जिपमा र त्यहा बाट दुई घण्टा हिडेर पताल झरना पुग्न सकिन्छ । यो झरना ३ सय ६४ मिटर अग्लो रहेको छ ।
जुम्लाको सिंजा क्षेत्र
जुम्ला जिल्लाको उत्कृष्ट पर्यटकिय गन्त्ब्य मध्ये सिंजा क्षेत्र पनि रमणीय स्थान हो । यो क्षेत्र खसभाषाको उदगम स्थल पनि हो सुर्खेत बाट करिव एक दिनको जिप मोटर साइकल बाट सिजा पुग्न सकिन्छ । सिजा क्षेत्रमा पञ्देवल, पाण्डुगुफा अबलोकन गर्न पाइन्छ ।
म्लाको खार्पुनाथ त्रिबेणी
हुम्ला जिल्लाको उत्कृष्ट पर्यटकिय स्थल खार्पुनाथ त्रिबेणी हो यो खार्पुनाथ गाउपालिकामा पर्छ । सिमकोट बजार देखि जिप चढेर दुई घण्टामै खापुनाथ पुग्न सकिन्छ यहा शिबालय अबलोकन गर्न पाइनछ । अर्को रलिङ्ग गुम्बा चाङला हिमाल पञ्मुखी पनि हुम्लाको पयटकिय गन्त्ब्य हुन ।
डोल्पाको शे–फोक्सुण्डो
डोल्पा जिल्लाको से–फोक्सुण्डो ताल अति रमणीय उत्कृष्ट पर्यटकिय गन्त्ब्यमा पर्ने गर्छ डोल्पा जुफाल एयरपोट बाट ताल सम्म पुग्न दुई लाग्ने गरेको छ । नेपालगञ्ज देखि जहाज चढेर जुफाल एयरपोट बाट हिडेर शे फोक्सुण्डो पुग्न सकिन्छ ।
दैलेखको श्रीस्थान र महाबु
दैलेख जिल्लाको श्रीस्थान ज्वाला र महाबु धाम उत्कृष्ट पर्यटकिय गन्त्ब्य हुन । सुर्खेत बाट सवारी मार्फत एक दिनमै घुमेर फर्किन सकिन्छ । महा“बु स्थान दैलेख र कालिकोटको सिमाना पर्छ । भने श्रीस्थान ज्वाला नारायण नगरपालिका र दुल्लु नगरपालिको सिमाना पर्छ ।
सुर्खेतको देउती बजै र का“क्रेबिहार
कर्णाली प्रदेश राजधानी रहेको सुर्खेतको उत्कृष्ट पर्यटकिय स्थल देउती बजै र काक्रेबिहार हो । सुर्खेत बजार देखि देउती बजै पुग्न जिप र मोटर साइकल बाट ५ मिनेट र का“क्रेबिहार पुग्न १५ मिनेट समय लाग्ने गरेको छ । कां“क्रेबिहारमा ढुंगामा कुदिएका प्राचिन कलात्मक मुर्ती देख्न पाइन्छ