क्याराभान खबर
कर्णालीको मुगु, हुम्ला, डोल्पा, जिल्लामा शहर बाट खाने तेल आयात हुन थालेपछि दुर्गम गाउ“बस्तीमा उत्पादन हुने पुख्र्यौली तेल लोपहुदै गएको छ ।
सडक सुबिधा पुगेपछि सुर्खेत, नेपालगञ्ज, बाँके बर्दिया, राजापुर लगायत शहर बाट ब्यापारी बर्गले नाफा कमाउन भट्टमासको तेल, तोरीको तेल, सुर्यमुखी तेल गाउँमै पु¥याएर बिक्री गर्न थालेपछि स्थानीय स्तरमा उत्पादन हुने आरु, चुली, तोरी, कपास, डटेलो, ओखरको पुख्र्यौली तेल लोपहुदै गएका छ । स्थानीय तेल उत्पादन गर्न दुःख र झनझट हुने र पैसा तिरेर एक्कासी शहरको पोका तेल उपभोग गर्न पाइने भएपछि गाउँबस्तीका महिला पुरुष बर्गले स्थानीय तेल उत्पादन गरि उपभोग गर्न छोडेका हुन ।
शहरको तेल गाउँमा पुगेपछि आरु, चुली, ओखर, कपासको तेल पेल्न छोडेको देख्न मुगु सोरु गाउँपालिकाकी धनरुपा बुढाले बताइन ।
उहीले हामी आफै तेल उत्पादन गरेर खाने गथ्र्यो उनले भनिन अचेल शहर तेल किनेर खान थाले । असोज कार्तिकमा ओखर, चुली, आरु संकलन गर्ने र खेतीपातीको काम सकेर पुस माघमा महिलाले बियाँ निकालेर काठको दुनेडीमा तेल पेल्ने गर्थे ।
धनरुपाले भनिन त्यति बेला तेल राख्ने प्राय सिसाका बोलत पाइदैन थिए माटोका घडिया किनेर तेल हाल्ने गथ्यौ ।
पहिले तेलकै लागि स्थानीयले खेतबारीको डिल घर आँगनमा ओखर, चुली आरु प्रसस्त मात्रमा लगाउने चलन थियो भने अहिले तेल उत्पादन गर्न छाडेपछि उक्त बोट देख्न पनि गाह्रो अबस्था हुन थालेको छ ।
सिमित ओखर, आरु, चुलीको तेलमा मात्र परनिर्भर नभएर स्थानीयले कपास, तोरी लगाएर त्यस बाट पनि तेल उत्पादन गरि उपभोग गर्ने चलन पनि लोप भएको छ ।
चैतमा पाखोबारीमा घरेलु कपास रोप्ने र असोज कार्तिकमा कपासको फूल टिपेर स्थानीय प्रबिधि मार्फत एक तर्फ रुइ र अर्कोतिर बियाँ निकाले महिलाले उक्त बियाँलाई ढुंगा थिचेर काठको दुनेडीमा तेल पेलेर उपभोग गर्ने गर्थे तर अहिले शहरको तेल उपभोगले गर्दा कपास खेती पनि गर्न छोडेका छन ।
स्थानीय स्तरमा उत्पादन गर्ने चुली, आरु, कपासको तेल सिमित खाने मात्र नभएर बुढापाकाले शरिरलाई बलियो र निरोगी बनाउन नुहाइ सकेपछि घाम उक्त तेल शरिरमा घस्ने गर्थे ।अहिले शहर बाट आयतित तेलको मुल्य प्रति एक लिटरको १ सय ८० मुल्य पर्ने गरेको भने स्थानीय तेलको मुल्य प्रति माना ६० देखि ८० रुपैयाँमा किनबेच गरिन्थ्यो