
क्याराभान खबर
दुई वटा गोरु जोतेर किसानले अन्न बाली लगाउने चलन प्राय सबै ठाउमा छ तर मुगु जिल्लाको पूर्बी मुगुम कार्मारोङ गाउपालिकामा बसोबास गर्न स्थानीयले एक गोरु जोतेर अन्न बाली लगाउने गरेका छनमुगुम कार्मारोङ गाउ“पालिकाको माग्री, मह, रिउस, पुलू, किम्री, दाउरा, ताखा, खारी, पुवा, किर्मी , डोल्फू लगायत गाउ“ बस्तीका स्थानीयले एक गोरु जोतेर बाली लगाउने चलन अनौठो छ ।गोरुको नाकमा डोरी लगाएर अगाडी एक जनाले तान्ने र पछाडी हलो जोत्ने गरिन्छ । गोरुको का“धमा काठ राख्ने र उक्त काठको दुबै टुप्पोमा डोरी बा“धेर पछाडी हलोमा अडकाएर जोत्ने गरिन्छ । गोरुको नाकको टुप्पोमा लगाएको डोरी बच्चालाई तान्न नगाउने र तन्नेरीले हलो जोत्ने गर्छन ।
डोरीले गोरुको नाक दुख्ने भएकोले बिस्तारै बच्चाले तानेर जग्गा छेउ वरपर पुग्ने फर्किने गर्छन । अन्न बाली छर्ने समयमा घरका बच्चालाई पढाई छोडेर गोरु तान्न लैजाने गरेका छन ।
कसैले गोरुको नाकमा डोरी लगाएरै एक जनाले मात्र हलो जोत्ने चलन छ । भिरालो जमिन बलौटे माटो सा“घुरो जग्गा(गरा) भएकोले दुई वटा गोरु अटाउन नसक्ने माग्री गाउ“का टासी तामाङले सुनाए ।दुई वटा गोरु जोत्दा सा“धुरो जग्गा(गरा)मा फर्काउन तल माथि लैजान अप्ठेरो हुने गोरु भीरमा लडने डर हुने उनको भनाई छ । अर्कोतिर गरिबीका कारण दुई वटा गोरु किनेर जोत्न नसक्ने अबस्थाले गर्दा एक गोरुले खेतीपाती लगाउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ । एक गोरु किनेर करिव ८ देखि १० बर्ष सम्म जोत्ने गरेका छन माग्री, मह, रिउस सम्मका गाउलेले स्थानीय प्रजातिको एक गोरु जोतेर अन्न बाली लगाउने गरेका छन । माथिल्लो बस्ती किम्री, रिउस, पुवा, ताखा, खारी, दाउरा लगायत गाउ“का स्थानीय एउटा चोरीको झोवा जोतेर अन्न लगाउने चलन छएक गोरुको मुल्य १८ हजार भन्दा बढी मुल्य पर्ने गरेको छ भने झोवाको ६० हजार सम्म मुल्य पर्ने भएकोले घरमा गोरु र झोवा नपाल्ने स्थानीयलाई किनेर खेती लगाउन मुश्किल छ ।
मुगुम कार्मारोङ गाउ“पालिकाका आदिबासी जनजातिहरुले परम्परा देखि एक गोरु जोतेर कोदो, उवा, कागुनो, फापर, आलु सिमि बाली लगाउदै आएको चलन अहिलेका युवापुस्ताले पनि धान्दै आएका छन ।ढुंगा गिट्टी पन्छाएर बनाइएका स–साना बारी जग्गामा गोरु जोत्न अप्ठेरो हुने भएकोले मान्छे नै गोरु बनेर जोत्ने गरेका छन ।
तल्लो भेगतिर एक गोरु जोतेर बाली लगाउछन यहा“ हामी मान्छे नै गोरु बनेर जग्गा खनजोत गर्ने गरेको स्थानीय छिरिङतोर्चे तामाङले बताउछन । डोल्फू गाउमा पनि भिरालो जमिन भएकोले गोरुको सट्टा मान्छेले नै हलो तान्ने र जोत्ने गरेका छन । करिव १३ सय घरधुरी र ६ हजार जनसंख्या रहेको मुगम कार्मारोङ गाउ“पालिका भरि २ हजार २ सय ४१ बर्गकिलोमिटर जमिन मध्ये करिव २ सय हेक्टर जमिनमा मात्र अन्न उत्पादन हुने गाउ“पालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । एक गोरु जोतेर उत्पादन गरेको अन्नले ६ महिना धान्न मुश्किल हुने उनको भनाई छ । जडिबुटी ब्यापार ब्यासायले स्थानीयको जीवन निर्बाह बनेको छ ।