आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भिडियो एक्सरे सेवाले बिरामीलाई सहज

भिडियो एक्सरे सेवाले बिरामीलाई सहज

  • शनिबार, बैशाख ८, २०८१
भिडियो एक्सरे सेवाले बिरामीलाई सहज


क्याराभान खबर
जुम्ला कनका सुन्दरीगाउँपालिकामा रहेको हाडसिंजा स्वास्थ्य चौकीमा भिडियो एक्सरे र ल्याव सेवा उपलब्ध भएपछि गर्भवती महिला देखि अन्य बिरामीलाई उपचारमा सहज भएको छ ।
पहिले भिडियो एक्सरे मेशिन नहु“दा बिरामीले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला तथा सुर्खेत नेपालगञ्ज जानु पर्ने बाध्यता थियो अर्को तर्फ भिडियो एक्सरे सेवा प्रदानले गर्भवती महिलालाई निकै सहज भएको छ । बिगतमा भिडियो एक्सरे मेसिन अभावले गाउ“पालिका भित्रका गर्भवती महिला आफनो स्वास्थ्य परिक्षण गर्न बाट बञ्चित हुनु पर्ने अबस्था थियो ।
पहिले भिडीयो एक्सरे र ल्याप सेवा पालिमामा नहु“दा एक पटक जुम्ला बजार जान मात्र ५ हजार सम्म खर्च हुने गरेको स्थानीयको भनाई छ । खकार,रगत,दिशा, पिसाब जा“च गर्न मात्र धेरै आर्थिक लाग्ने र दुख बढी हुने हुन्थों हिजाआज धेरै सेवा सहित औषधि सहजै रुपमा पालिका बाटै सेवा उपलब्ध हुदा सहज भएको स्थानीयको भनाई छ । यहा“का बिरामीले र गर्भवती महिलालाई औषधि उपचारमा सुबिधा भएको कनका सुन्दरी गाँउपालिका स्वास्थ्य शाखा सह संयोजकले .बीरेन्द्र प्रसाद उपाध्यायले बताए ।

दैनिक ८ देखि १० जना सम्म गर्भवती र अन्य भिडियो चेक गर्ने बिरामीलाई सेवा दिर्ने गरेका छौं भर्ने अन्य ल्याव बाट स्वास्थ्य परिक्षण गर्ने बिरामी अल्टासाउन,सुत्केरी सेवा ,ओपीटी सेवा दिने गरिएको स्वास्थ्य चौकी निमित्त ईन्चाज मालिका आर्चायाले जानकारी गराइन । कनका सुन्दरी गाउँपालिका भित्र रहेका ५ वटा वर्थिङ्ग सेन्टर, ३ आधारभूत स्वास्थ्य केन्द्र, २ आधारभुत स्वास्थ्य सस्था गरि पालिका भरि रहेका १० स्वास्थ्य सेवा बाट नियमित सेवा प्रदान गर्ने गरिएको छ ।

पालिका भित्रका बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न भिडियो एक्सरे ल्याव सेवा सुरु गरिएको कनका सुन्दरी गाउ“पालिकाका अध्यक्ष दामोदर आर्चायले भने अब यहा“का बिरामीलाई औषधि उपचार गर्न सुबिधा भयो ।

चर्चामा

सम्बन्धित समाचार