सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • समाचार
  • पर्यटकको पखाइमा सोरुका गाउँ

पर्यटकको पखाइमा सोरुका गाउँ

  • आइतवार, बैशाख ९, २०८१
पर्यटकको पखाइमा सोरुका गाउँ

क्याराभान खबर
मुगु जिल्लाको रारामा घुम्न आउने पर्यटक सोरुतिर नपुगि फर्किने गरेका छन । प्राकृति सुन्दरताले भरिएको रारा भन्दा सोरुका प्राचिन बस्ती पनि कम रमणीय छैनन् ।
शहर नजिक गाउँको पुख्र्यौली पहिचान बिस्तारै लोभ हुदै गएको छ भने सोरु गाउँपालिकाको गाउँ बस्ती उहीले देखि अहिले सम्म आफनो पहिचान मेटाएका छैनन् । भीई, नेर, पुरुमुरु, कालै, जिमा, नार्थपु लगायत पालिका भित्रका ५५ वटा बस्तीमा पुख्र्यौली रहनसहन पहिरन भेषभुषा भाषा कला सस्कृति भू–बनोटलाई जर्गेना गरिएको छ । प्रत्येक गाउँका प्राचिन धार्मिक मठमन्दिरलाई पनि पालिकाले संरक्षण बिशेष जोड दिइएको छ ।
मन लोभ्याउने बस्ती भएपनि पर्यटकहरु पुग्न अझै सकेका छैनन् । सोरु गाउँपालिकाको बस्तीमा पर्यटक पुग्न नसकेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले सुनाए । उनले भने अब रारा घुम्न आउने पर्यटकलाई सोरुको गाउँ बस्तीमा ल्याउन पालिकाले पहल गर्ने छ । पालिका भित्रका पुख्र्यौली बस्तीलाई जर्गेना गर्न पालिकाले नीति लागु गर्ने अध्यक्षले जनाए । यहाँका गाउँमा प्राय जस्ता पाताले बनेका घरहरु देख्न पाइदैन । ढुंगा काठले बनेका बाक्लो बस्तीका घरहरु छन । छत देखि गोठ सम्म तलमाथि गर्न काठको कलात्मक लिस्नो प्रयोग गरिएको छ ।
घरको मुनि गोठमा चौपाय बस्ती राख्ने र माथिल्लो तलमा मान्छे समान अन्न राख्ने चलन छ । हिउदमा जाडो हुने भएकोले तातोको निम्ति कोठमा गाई भैसी भेडाबाख्रा राख्ने उहिलेको चलन हो । स्थानीयले घरहरु सेतो र कालो कमेरो माटोले लिपपोत गरेर चिटिक्कै पार्ने गरेका छन ।
सोरुको तातोपानी पर्यटकिय रुटमा बिकास गर्न सक्यौ भने अनी मात्र सोरुका गाउँबस्तीमा पर्यटक पुग्ने सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । सोरु गाउँपालिकाको भीई, नार्थपु, कालै, खनाया, सिम, जिमा, पुरुमुरु, सोरुकोट बस्तीमा मोटर बाटो पुगि सकेको हुदा पर्यटकलाई गाउँ पुग्न अप्ठेरो नभएको पालिका उपाध्यक्ष शाहीले जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार