शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • डोल्पामा हिउ  चितुवाको संख्या उच्च

डोल्पामा हिउ  चितुवाको संख्या उच्च

  • आइतवार, बैशाख ९, २०८१
डोल्पामा हिउ  चितुवाको संख्या उच्च

क्याराभान
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा लोपन्मुख हिउ  चितुवाको संख्या उच्च देखिएको छ ।
डिभिजन बन कार्यालय डोल्पाले शुक्रबार बन्यजन्तु सप्ताहको पारेर १२० हिउ  चितुवा भेटिएको तथ्याङ्क सार्बजनिक गरेको छ
हिमाली जिल्ला डोल्पामा लोपन्मुख १२० हिउ  चितुवा भेटिएको डिभिजन बन अधिकृत मुनबहादुर रावतले जानकारी दिए ।
शे–फोक्सुण्डो राष्टिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पाको सामुदायिक बन क्षेत्रमा ३० वटा गरि कुल १२० हिउ चितुवा भेटिएको अधिकृत भनाई छ । एशियाका १२ देशमा हिउ चितुवा पाइने उक्त हिउ  चितुवाको संख्या ४ हजार देखि ६ हजार ५ सयको संख्या छ । सन २०१९ मा हिउ चितुवा गणनाको लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा सोचालित क्यामेरा जडान गरिएको छ ।
२०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सहित डोल्पाको बन क्षेत्र हिउ“ चितुवाको प्रख्यात क्षेत्र रहेको शे फोक्सुण्डो राष्टिय निकुञ्ज कार्यालय बरिष्ट संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठको भनाई छ । डोल्पामा हिउ  चितुवा गणनाको लागि आर्थिक सहयोग बिश्व बन्यजन्तु कोषले गरेको बिश्व बन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए ।

फोटो सौजन्य ः राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग र शे–फोक्सुण्डो राष्टिय निकुञ्जको कार्यालय डोल्पा

चर्चामा

सम्बन्धित समाचार