
क्याराभान खबर
प्रतिनिधिसभा अन्त्र्रगत पूर्बाधार बिकास समितिको ससदीय टोलीले राजमार्ग अनुगमन सुरु गरेको छ ।
उक्त अनुगमन टोलीमा संयोजकको रुपमा सांसद ऐनबहादुर शाही तथा निर्बतमान भौतिक पूर्बाधार तथा यातायात मन्त्री प्रकास ज्वाला,सांसद मैना कार्की, सांसद उर्मिला माझी र २ जना पूर्बाधार बिकास समितिका कर्मचारी सहभागी छन ।
पूर्बाधार बिकास समितिको अनुगमन टोलीले बैशाख ९ गते बाट नेपालगञ्ज पूर्बपश्चिम अबैया हुलाकी राजमार्ग राप्ती राजमार्ग, पुष्पलाल राजमार्ग र भेरीकरिडोर अनुगमन गरेको अनुगमन टोलीका संयोजक सांसद ऐनबहादुर शाहीले जानकारी दिए उहाका अनुसार आइतबार सल्यान सदरमुकाम खलंगामा सर्बपक्षिय सर्बदलिय सरोकारवाला निकाय संग बृहत अन्त्ररक्रिया तथा छलफल गरिएको छ ।
अनुगमन टोली जाजरकोटमा पुगेर राजमार्गको बिषयमा सरोकारवाला निकाय सित अन्तरक्रिया कार्यक्रम गर्ने संयोजक शाहीले बताउनु भयो । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग र कर्णाली करिडोर समेत टोलीले अनुगमन गर्ने भएको छ । उक्त राजमार्गहरु निमार्णाधिन अबस्थामा रहेको हुदा के कति काम भइरहेको छ बाधा अडचन के छ बजेटको समस्या कस्ता छ भन्ने हिसावले संसदीय टोलीले अनुगमन गरेको संयोजक शाहीको भनाई छ ।
संयोजक सांसद शाहीले भने अनुगमनको अबधि एक साता रहेको छ टोलीले अनुगमन गरेको रिर्पोट पूर्बाधार बिकास समितिले पेश हुने र त्यसको निष्कर्षण सरकारलाई बुझाइने संयोजकको भनाई छ । साबिकको कर्णालीको लाइफ लाइन मानिएको कर्णाली राजमार्ग राम्रोसित कालोपत्रे नहु“दा मुगु, जुम्ला, कालिकोट जिल्लाका स्थानीयबासी र कर्मचारीलाई आउजाउ गर्न अझै समस्या छ । कर्णाली राजमार्ग भरपर्दो नहु“दा जुम्ला सिंजा रारा भ्रमण गर्न जाने पर्यटकलाई कठिन हुने गरेको छ । अर्कोतिर कालिकोटको नाग्मा देखि गमगढी सम्म सडक निर्माण भएको एक दशक सम्म कालोपत्रे नहुदा यात्रुलाई समस्या खेप्नु परेको छ । उक्त सडक बर्खामा हिलाम्य हुने गरेको छ । संसदीय टोलीले उक्त सडक अनुगमन गर्दा आगामी दिनमा भरपर्दो र छिटो कालापत्रे हुने आसा पलाएको छ ।