क्याराभान
मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको ४९ बर्ष सम्म उस्तै छ । नत पूर्बाधार बनेका छन नत पर्यटकिय आगमनमा बढी बृद्धि हुन सकेको छ
रारा छाप्रु, गाउँका रैथाने शाहबंशलाई बाँके चिसापानी गाबर सारेर बन्य जन्तु संरक्षण तालको सुरक्षाको लागि २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज घोषणा भएको ४९ बर्ष सम्म रुप फेरिएको छैन ।
रारामा केबुलकार बन्ला, ठूल्ठूला तारा होटल निर्माण होलान ताल वरिपरि बिद्युतले झिलिमिलि होला जताततै बिदेशी पर्यटक घुमेको देखिएला भन्ने स्थानीयको समना साकार हुन सकेको छैन ।
२०६३ साल असोज १० गते रारा सिमसार सुचीमा सुचिकृत भएको हो । सोही सालमै रारा मध्यवर्ती घोषणा गरिएको थियो कागजी रुपमा राराको धेरै रुप बदलिएको र बास्तबिक रारा मुहार नफेरिएको रारा मुर्मा गाउँ बिर्खबहादुर रोकायाले सुनाए
मध्यवर्ती घोषणा भएको १६ बर्ष सम्म पनि स्थानीयले कुनै लाभ र बिकासको अनुभव गर्न सकेको उहा“को भनाई छ । २०३२ साल देखि २०५० सालको अबधि सम्म रारामा मौसम अनुकल बिभिन्न प्रजातिका प्राकृति फूलहरु फुलेर रमणीय देखिन्थ्यो तर पछिल्लो पटक बिस्तारै उक्त फूलहरु लोपहुदै गएका छन ।
२०३२ साल सम्म रारा बन जंगल क्षेत्रमा प्रसस्तै देखिने डाँफे, कालिज, ढुकुर, कोइली, च्याखुरा, चिर कालिज, तिथ्रा लगायत चराहरु पनि बिस्तारै हराउदै गएका छन मुर्मा, झयारी, पिना, टोप्ला, माथितुम, सायाँखोला, कार्कीबाडा, लगायत मध्यवर्ती क्षेत्र भित्रका स्थानीयले रारा निकुञ्ज भित्र छाडा चौपाय बस्तु छोडदा जैबिक बिबिधता देखि बन्यजन्तु चराहरु बढी प्रभावित भएका छन ।
राष्ट्रिय निकुञ्ज बिभागले २०२२ सम्म रारा ताल वरिपरिका भौतिक संरचना होटेल निकुञ्जको कार्यालय नेपाली सेनाको क्याप्प बाहिर सार्ने कार्ययोजना तयार गरेको भएपनि कार्यन्वयनमा तिब्रता देखिएको छैन ।
२०६२ सालमा हवाई सेवा सुरु र २०६९ सालमा सडक सञ्जाल पुगेपछि शहरी मुलक बाट आन्तरिक पर्यटक तथा केही बाहय पर्यटक रारा घुमफिर गर्न आउन सुरु गरेको पाइएको छ । रारा तालको गहिराई १ सय ६७ लम्बाई ५ किलोमिटर र चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०.८ बर्गकिलोमिटर रहेको निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालको भनाई छ ।