सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • कृषि
  • जलबायूको असरमा किसान

जलबायूको असरमा किसान

  • मङ्लबार, बैशाख ११, २०८१
जलबायूको असरमा किसान

 

क्याराभान

कर्णाली प्रदेश अन्त्र्रगत मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ३ किम्री गाउँका फुञ्जोक तामाङको पाखोबारीमा अचेल कोदो फल्न थालेको छ । सिमित कोदो मात्र नभएर खुर्सानी टमाटर पनि उत्तिकै लटरम्भ फल्न थालेका छन । उहीले फागर, आलु, सिमि, उवा फल्ने बारीमा अचेल कोदो खुर्सानी टमार फल्न थालेपछि तामाङ अचम्म मान्न थालेका छन ।

किम्री गाउँका स्थानीयले जेठ असारमा कोदो रोपेर कार्तिकमै टिप्ने गरेका छन । उहीले गाउँमा कोदो नफल्दा रोवा, भामबाडा, पिना गाउँ बाट किनेर उपभोग गर्दै आएका थिए भने अहिले गाउँमै कोदो फल्न थालेपछि किन्नु पर्ने बाध्यता टरदै गएको छ । बेशीतिर फल्ने बाली लेकतिर फल्न थाल्यो तामाङले भने पहिले नफल्ने बाली अहिले कसरी यहाँ हाम्रा पाखोबारी फल्न थाल्यो । एक दशक यता देखि गाउँमा कोदो पाक्न थालेको तामाङले बताए ।

समुद्री सतह ३१ सय मिटर उचाइमा फल्ने कोदो अचेल ३४ सय मिटर उचाइमा रहेको किम्री गाउँमा कोदो फल्दा स्थानीय ढंग पर्न थालेका छन गाउँमै नौलो बाली अन्नबाली सहित हरियो तरकारी खुर्सानी टमाटर काउली फल्न थालेपछि स्थानीयलाई खेतीपाती गर्न उत्साह थपिएको छ ।

कार्मारोङ गाउँपालिकाको पापु गाउँमा पनि अचेल पाखो धान फल्न सुरु गरेको छ । दश बर्ष पहिले कुनै जातको धान नफल्ने पापु गाउँमा अचेल पाखो धान फल्न थालेपछि स्थानीय धान रोप्न उत्साहित छन । हाम्रो गाउँमा धान फल्न थाल्यो पापु गाउँका हर्क बुढाले भने पहिले जुम्ला सिंजा बाट रातो मार्सि धानको चामल ल्याएर चाड पर्बमा भात खाने गथ्र्यो भने अहिले गाउँमै पाखो धान उत्पादन हुन थाल्यो ।

पापु गाउँमा सिमित धान बाली मात्र नभएर खुर्सानी टमाटर पनि उस्तै फल्न थालेको छ । पापु गाउँका स्थानीय पहिले खुर्सानी टमाटर किन्न तल छाइल गाउँमा पुग्थे भने सात आठ बर्ष यता देखि पापु गाउँमै बारीमा खुर्सानी फल्न थालेको छ समुद्री सतह देखि करिव ३३ सय मिटर उमाइमा रहेको रारा मुर्मा गाउँ पनि कोदो बाली उत्पादन हुन थालेको छ ।

पहिले कार्कीबाडा, तलितुम, ताल्च, झयारी लगायत बस्तीमा फल्ने कोदो अचेल मुर्मा गाउँमै थालेको स्थानीय गोर्ख रोकायाको भनाई छ । समुद्री सतह देखि २९ सय मिटर उचाइमा अबस्थित बाम पोइपाटा थापालचौरमा अचेल खेतमा धान फल्ने गरेको छ । करिव १५ बर्ष अघि सम्म चिसो मौसमले खेतमा धान रोपे पनि पाक्न मुश्किल हुने गर्थे भने अहिले जेठमा रोपेको स्थानीय प्रजातिको धान कार्तिकमा पाक्ने गरेको छ ।
हाम्रो खेतमा पनि धान फल्न थाल्यो बाम गाउँकी अजकली बोहोराले भनिन उही यसरी धान फल्दैन थियो अब हिमालमा पनि धान फल्न थाल्यो उनको भनाई छ । बाम गाउँमा धान फल्न थालेपछि स्थानीयले पाखोबारी समथर बनाएर खेत बनाई चैतमा धान बीउ राख्ने र जेठमा रोपेर कार्तिकमा धान भित्रयाउन थालेका छन । बाम गाउँको उच्च लेकबस्ती गाइबान्नामा पनि कोदो पाक्न थालेको छ । उहीले त्यहाँ फापर आलु सिमि रोप्ने किसान अचेल कोदो फलाउन थालेका छन ।

खत्याड गाउँपालिकाको लेकाली बस्ती खमाले तारापानीमा पनि एक दशक यता देखि स्थानीयले पाखो धान कोदो फलाउन थालेका छ । उहीले त्यहाँ फापर मात्र फल्ने गथ्र्ये ।जलबायू परिवर्तनको प्रभावले गर्दा अन्नबाली तरकारी हिमाली बस्तीतिर सर्न थालेपछि किसान देखि कृषि प्राबिधिकहरुलाई हैरान हुन थालेको छ ।

दुःख कष्ट गरि खेतबारी बनाएर अन्नबाली रोप्न सुरु गरेको एक दशक नबित्दै बालीले स्थान परिर्वतन गर्न थालेपछि किसानहरुलाई गाह्रो अबस्था उत्पन्न हुन थालेको छ । छायाँनाथ रारा नगरपालिकाको कार्तिकबाडा, भामबाडा, ढुम, कालापाल्त लगायत बस्तीमा उहीले जस्तो अहिले पाखो धान कोदो उत्पादनमा गिरावट आएको छ । बाली लेकतिर सर्न थालेपछि बेशीतिरको खेतबारी जग्गा जमिनमा कम अन्न उत्पादन हुन थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार