क्याराभान खबर मुगु जिल्लामा स्थित मुगुम कार्मारोङ गाउ“पालिका सेरोग गाउकी ८० बर्षिय नोन्जोम कामीले बल्ल नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन ।
बुधबार प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले ८० बर्षिय नोन्जोम कामीलाई नेपाली नागरिकताको प्रमाण पत्र उपलब्ध गराएका छन । २००० साल बैशाख १२ गते जन्मिएकी उनी २०८१ बैशाख १२ गते नै बल्ल नेपाली नागरिकताको प्रमाण पत्र पाउन सफल भएकी छन ८० बर्षिय आमा नोन्जोमलाई नागरिकताको प्रमाण पत्र दिएका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए । नागरिकता नहु“दा सरकारी सेवा सुबिधा बाट बञ्चित भएकी उनी अब नागरिकता पाएपछि सेवा सुधिबा पाउने आसा गरिएको छ ।