मुगु जिल्ला सदरमुकाम गमगढी बजार क्षेत्रमा भाडामा बस्ने मानिस नहु“दा घरहरु खाली भएका छन । स्थानीयतह संचालनमा आएपछि सरकारी तथा गैसस निकायका कार्यालयहरु गाउ“तिर केन्द्र हुदा गमगढीका एक दर्जन भन्दा बढी ब्यक्तिहरुको पक्कहरु बेकामै जस्तै भएका छन ।
स्थानीयतहमै बसेर कामकाज ब्यापार ब्याबसाय गर्न गाउ“घर बाट आएका स्थानीयबासी कर्मचारीहरु पनि गाउ“तिरै केन्द्र भएपछि गमगढी बजारका घरहरु खाली भएका छन ।
केही बर्ष पहिले गमगढी बजार क्षेत्रमा कोठा पसल गर्ने सटर पाउन मुश्किल हुन्थ्यो भने हिजोआज घरधनीलाई सस्तो मुल्यमा पनि भाडा दिन मुश्किल भएको छ ।स्थानीयतह संचालनले गर्दा बजारका घरहरु रित्तिएको स्थानीयको भनाई छ । पहिले एक कोठाको १५ सय देखि २ हजारमा भाडा जाने घरहरु अचेल ५ सयमा बिक्न पनि गाह्रो भएको छ । घर खाली हुदा घरधनीलाई आर्थिक कारोबार संचालनमा मन्दी आएको छ गमगढीमा घर बनाउने प्रतिस्पर्धा सेलाउदै जान थालेको छ । घर बनाउने प्रतिस्पर्धामा न्यून हुन थालेपछि जग्गा खरिद र बिक्री कारबारोमा कमी आएको पाइएको छ । जग्गा खरिद बिक्री कारबारोमा कमी आएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।
दुःख कष्ट ऋण सापट गरेर बनाएका घरहरु ताला लगाएर राख्नु पर्दा घरधनी चिन्तित भएका छन । गमगढीमा घर खाली संगै ब्यापार ब्यासाय पनि शुन्य देखिएको छ स्थानीयतह संचालन भएका स्थान सोरु, खत्याड र मुगम कार्मारोङ्ग गाउपालिकाको केन्द्रहरु पनि घरहरु बन्न थालेका छन । सोरुकोट र गम्था माझचौरमा बजार बिस्तारले तिब्रता लिएको छ । गाउ“पालिकाको कार्यालय स्थापना हुदा बित्तिकै बजार बिस्तारले फड्को मार्दै गएको गम्थाका लोकराज दाहालले बताए । सोरु गाउपालिका रहेको सोरुकोटमा पनि घरहरु बनाउने क्रमले गति लिएको छ । स्थानीयले ब्याबसाय संचालन गर्न र भाडामा लगाउनको लागि घर बनाउन थालेका छन । सदरमुकाम जस्तै गाउ“पालिका रहेको केन्द्रस्तरमा पनि जग्गाको मुल्य उकालो लाग्दै गएको छ ।