सोमवार, चैत्र २५, २०८१
सोमवार, चैत्र २५, २०८१
  • होमपेज
  • कृषि
  • कर्णालीमा लोपहुदै पुख्र्यौली बाली

कर्णालीमा लोपहुदै पुख्र्यौली बाली

  • शुक्रबार, बैशाख १४, २०८१
कर्णालीमा लोपहुदै पुख्र्यौली बाली

 

 

क्याराभान खबर–कर्णालीको मुगु, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट लगायत हिमाली जिल्ला उत्पादन हुने परम्परागत पुख्यौली बाली चिनो र कागुनो लोपहुदै गएको छ । सहरी क्षेत्र बाट आयत सेता चामलको परनिर्भरताले गर्दा स्थानीय बाली चिनो र कागुनो हराउदै गएको छ ।

लेकालि बस्तीको पाखो जग्गामा लगाईने उक्त बाली अचेल कम उत्पादन हुन थालेको छ मुगु जिल्लाको सोरु गाउ“पालिकाको नार्थपु, भीई, फोतु, जिमा, कालै राराको लेक बस्तीहरुमा पहिले धेरै उत्पादन हुने चिनो र कागुनो लोप हुदै गएको छ । कुटपिन गरेर खान झन्झटीलो हुने भन्दै लगाउन छोडेका छन् ।खेतमा धान रोप्ने र पाखो जग्गामा कोदो, पाखे धान, सिमि, आलु र मकै लगाउने गरेका छन् । करिव ४ सय घरधुरी रहेको भीई गाउ“मा अन्यबाली कम हुने भएको चिनो र कागुनोलाई प्राथमिकता राखेका छन्

परम्परागत बाली कागुनो चैतमा रोपेर कार्तिकमा पाक्ने र चिनो असारमा रोपेर भदौ अन्तिममा पाक्ने गरेको छ । दुबै बालीलाई ढिके ओखलमा कुटेर चामल निकालेर भात पकाएर खाने गरिन्छ । बैज्ञानिक हिसावले उक्त बालीको निकै पोषणयुक्त शरिरलाई फाइदाजनक मानिए पनि भात खस्रो धेरै परिक्षम गर्नु पर्ने भएकोले स्थानीयले चिनो र कागुनो बालीलँई कम प्राथमिकता दिन थालेका छन् । मुगु छाया“नाथ नगरपालिकाको थार्प, त्रिप, लह, र लुम गाउ“का स्थानीयले केही मात्रमा चिनो बाली लगाउने गरेपनि कागुनो देखिन छोडेको छ । कार्कीबाडा, पिना र श्रीनगरमा दुबै बाली लोप भएको छ । नगर भित्र बसोबास गर्ने स्थानीयले खेतमा धान पाखो जग्गामा कोदी सिमि र तरकारी खेती गर्न थालेपछि चिनो र कागुनो लगाउनै छोडेका छन् । सेतो चामलको उपभोग अत्याधिक बृद्धि भएको छ ।

सेतो चामलले एकातिर परनिर्भर र अर्कोतिर रैथाने बालीलाई जोखिममा पारेको छ । चिनो र कागुनोको भण्डार नै मानिने मुगुमा पछिल्लो पटक जग्गा जमिन खेतबारीमा देख्न मुश्किल हुन थालेको छ । जागिर ज्यालादारी काम र ब्यापार बाट कमाएको पैसाले शहरी क्षेत्र बाट आयत भएको सेतो मनसुली, माला, मकवानपुर, चामल किनेर खाने तर आफनो जग्गमा चिनो कागुनो उत्पादन गर्ने चलन बसेको छ । खाद्य र ब्यापारीको सेतो चामल उपभोग गर्न बानी बसेपछि पुख्यौली बाली चिनो र कागुनो हराउदै गएको थार्प गाउ“का स्थानीयको भनाई छ ।

जिल्लाको पूर्बी भेग मुगुम कार्मारोङ गाउ“पालिकाको १२ वटा बस्ती, माग्री, मह, छाइल, पापु, रिउस, पुवा, कार्ति, किम्री, डोल्फु लगायत गाउ“मा धान उत्पादन नहु“ने भएको बाध्यताले चिनो र कागुनो लगाउने गरेका छन् ।

पश्चिभ खत्याड भेगको लेकालि बस्तीहरुमा बिगतको तुलनामा चिनो कागुनो बाली हराउदै गएको छ । औलबस्तीतिर धान उत्पादनमा जोड दिने र लेक बस्तीमा प्राय सिमि कोदी लगाउने गरेका छन् ।आफनै खेतबारी पाखो जग्गमा उत्पादन भएको धान कोदो सिमि मकैले खाना अपुग भएको खण्डमा गमगढी बजार बाट सेतो चामल लिएर उपभोग गर्ने तर चिनो कागुनो नलगाउने चलन छ ।

सहरी क्षेत्र बाट जिल्लामा एक बर्षको अबधि भित्र १७ हजार क्वीन्टल सरकारी अनुदानको चामल,र ब्यापारी बर्ग बाट करिव ४० हजार क्वीन्टल सेतो चामलले आयत हुने र उक्त चामल उपभोग गर्न थालेपछि पुख्र्यौली बाली संरक्षण वेबास्ता देखिएको छ । मुगु जिल्ला कृषि बिकास कार्यालयको बार्षिक तथ्याङ्क अनुसार ७ सय ९ हेक्टरमा १ सय ५७ मेट्रिकटन चिनो उत्पादन हुने गरेको छ । ६ सय ३५ हेक्टर जमिनमा १ सय ४३ मेट्रिकटन कागुनो उत्पादन हुने गरेको छ

चर्चामा

सम्बन्धित समाचार