बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • समाचार
  • हराउदै कर्णालीका पुख्र्यौली घर

हराउदै कर्णालीका पुख्र्यौली घर

  • शुक्रबार, बैशाख १४, २०८१
हराउदै कर्णालीका पुख्र्यौली घर

 

क्याराभान खबर–कर्णालीका हिमाली जिल्लाहरुमा पुख्र्यौली घरहरु हराउदै जान थालेका छन । पम्परागत शैलीमा बनाइएका घर भत्काएर शहरीशैलीमा घर निर्माण गर्न थालेपछि कर्णाली पनि अब शहर जस्तै रंगीन बस्ती देखिन थालेको छ ।

पुराना प्रबिधिका घर भत्काएर नया“ सिमेन्ट जस्ता पाताले छाएका घर धमाधम बन्न थालेपछि पुख्र्यौली लोप हुन थालेका छन । जिल्ला सदरमुकाम देखि गाउ“ बस्ती सम्म मोटर बाटो पुगेपछि शहर देखि सिमेन्ट फलामे छड इट्ट रंगीन जस्ता पाता ढुवानी गरेर पुराना घर भत्काउदै आधुनिक घर निर्माणको प्रतिस्पर्धा चलेको छ ।

ढुंगाको देवाल, काठको ढोका झयाल रातो तथा सेतो माटोका गारो, माटामै घरको छत, छत वरिपरि पातलो ढुंगाको सिलौटा बिछाएर बनाईका पुख्र्यौली घर देख्न अब मुश्किल हुन थालेको छ । अझै दुर्गम गाउ“बस्तीमा निगालो प्रयोग गरेर बनाइएका घर पनि हराउदै गएका छन । चाड पर्वको बेला सेतो कमेरा माटोले छिप्ने र पछि रातो माटोले रंगीन बनाउन भित्र बाहिर लिपपोत गर्ने चलन हराएको छ ।

मुगुको छाया“नाथ रारा नगरपालिकाको भामबाडा, कार्कीबाडा, श्रीनगर, छत्यालबाडा, ढुम, पिना, माथितुम, तलितुम, साया“खोला, निगाले, हेन्नीका“ध, लगायत बस्तीमा पुख्र्यौली घरहरु लोपहुदै गएका छ । उक्त बस्तीहरुमा पा“च अघि सम्म कलात्मक एउटै प्रकारका पुख्र्यौली घरहरु देख्न पाइन्थ्यो भने हिजाआज रंगीन जस्ताले छाएको शहर प्रबृतिका घर मात्र देखिन थालेका छन । नगरपालिको भामबाडा, छत्यालबाडा र ढुम गाउ“ पुख्र्यौली घरको बाक्लो बस्तीको रुपमा चिनिने गरेपनि अचेल जस्तापाताले छाएका घरले भरिन थालेका छन ।

दुई बर्ष अघि सम्म करिव ३ सय भन्दा बढी घरधुरी रहेको भामबाडा गाउ“मा एउटा पनि जस्ताले छाएको घर थिएन उनले भने हिजोआज घर रंगीन जस्तामय बस्ती हुन थालि सक्यो ।
छ । हिमाली बस्तीमा सिमेन्ट बनेको घर गोठमा गाई बस्तु राख्दा चिसोले बिभिन्न रोग देखा पर्न दुध घटदै जाने जिल्ला पशु सेवा कार्यालयको भनाई छ ।

पुख्र्यौली घर भन्दा आधुनिक शैलीमा निर्माण गरिएका घर उच्च हिमाली बस्तीमा मानिसको लागि पनि उपयुक्त नहु“ने एक इन्जिनियरको भनाई छ ।
पुख्र्यौली घरको आयू २५ बर्ष हुने र पक्की घरको आयू ५० बर्ष हुने भएकोले उनको भनाई छ । ढुंगा माटो काठ प्रसस्त पाइने क्षेत्रमा शहरी बस्तु ल्याएर घर बनाउन राम्रो नहुने स्थानीयको भनाई छ ।

करिव ३ सय भन्दा बढी बस्ती एकै स्थानमा रहेको मुगुको माग्री गाउ“मा हिजोआज पुख्र्यौली घर ओझेलमा परेका छन । त्यहा“का जनजातिले यार्चा र ब्यापारको पैसाले पुख्यौली घर भत्काएर नया“ प्रबिधिका घर बनाउने होडबाजी जस्तै चलेको छ । करिव डेढ लाखमै बन्ने पुख्र्यौली घरहरु ८ देखि १० लाख सम्म खर्च गरेर नया“ डिजाईन घर बनाउन थालेका छन । पछिल्लो समयमा गमगढी बजारमा निजी घर कार्यालय भवन बनाउन समेत नेपालगञ्ज देखि इट्टा ल्याउन थालेका छन ।एक चट्ट ढुंगाको मुल्य ८ हजार पर्ने गरेका छ भने एउटा इट्टा गमगढी बजार सम्म पुग्न करिव ३९ रुपैया“ पर्ने गरेको स्थानीयको भनाई छ ।

फोटो मुगुको भामबाडा गाउ

चर्चामा

सम्बन्धित समाचार