क्याराभान खबर–इलाम र बझाङमा उप निर्बाचनको उत्साहपूर्ण मतदान हुदैछ । बिहान ७ बजे बाट सुरु भएको उक्त मतदान अपरान्ह ५ बजे सम्म हुने छ । इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्बाचन क्षेत्र १ ९क० मा प्रदेश सभा सदस्यको निम्ति आज बिहान ७ बजे बाट उत्साहपूर्ण मतदान सुरु भएको निर्बाचन आयोगले जनाएको छ मतदाताहरु आफनो मत खसाल्न लाइनमा लागेका छन । मतदाता परिचय पत्र नेपाली नागरिकताको प्रमाण पत्र राष्टिय परिचय पत्र सवारी चालक अनुमति पत्र कुनै एकल प्रमाण पत्रको आधारमा मतदान गर्न पाउने ब्याबस्था मिलाइएको निर्बाचन आयोगले जनाएको छ । इलाम उपनिर्बाचनमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन भने १२ जना उम्मेदवार छन । दुई वटै उपनिर्बाचनमा मतदाताको सुरक्षाको लागि सुरक्षा ब्याबस्था भरपर्दो बनाइएको छ ।
इलाम जिल्ला मांङसेबुङ्ग गाउँपालिका वडा नं १ मा मतदान हुदै फोटो सौजन्य प्रेमीका रानामगर इलाम ।