सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • कृषि
  • कर्णालीमा लोपहुदै लट्टे बाली

कर्णालीमा लोपहुदै लट्टे बाली

  • शनिबार, बैशाख १५, २०८१
कर्णालीमा लोपहुदै लट्टे बाली

कर्णालीका दुर्गम बस्तीका किसानले आफनो खेतबारीमा लगाउने लट्टे(मार्से) बाली लोपहुदै गएको छ । स्थानीय भाषामा यसलाई मार्से भन्ने गरिन्छ भने राष्टिय भाषामा लट्टेको रुपमा चिन्ने गरिन्छ । किसानले जेठ असारमा खेतबारीमा लगाउने र कार्तिकमा पाक्ने गर्छ । यो रंगीन र लामो लहरो जस्तै देखिन्छ । यस बालीको दाना मसिनो हुन्छ । उक्त दाना निकालेर स्थानीयले रोटी र बिशेष अगेनोमा फुटेर खाजा बनाएर उपयोग गर्ने चलन छ । यो बाली लेकाली बस्तीमा फल्ने गरेको छ । झनझटीलो भएकोले लगाउन छोडिएको किसानको भनाई छ । अर्कोतिर जलबायू परिवर्तनको असरले गर्दा पनि यो बाली हराउदै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार