बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • समाचार
  • कर्णाली करिडोमा जोडिदै हुम्ला सिमकोट

कर्णाली करिडोमा जोडिदै हुम्ला सिमकोट

  • सोमवार, बैशाख १७, २०८१
कर्णाली करिडोमा जोडिदै हुम्ला सिमकोट

 

क्याराभान खबर–कर्णाली प्रदेश अन्त्र्रगतको हिमाली जिल्ला हुम्लाको सिमकोटमा कर्णाली करिडोर सडक जोडिन करिव ८ सय मिटर बा“की छ
दुल्ली कुना देखि लाली बगर सम्मको ८ किलोमिटर सडक निर्माण कार्यलाई नेपाली सेनाले तिब्रता दिएर काम पुरा गरि छारे देखि ल्याप्चे सम्मको करिव ८ सय मिटर सडक निर्माणको काम बा“की रहेका कर्णाली करिडोर सडक निर्माण कार्यदल नेपाली सेनाले जनाएको छ ।
हामीले जिम्मा लिएको कर्णाली करिडोर सडक अन्त्र्रगत हुम्लाको दुल्ली कुना देखि लाली बगर सम्मको ८ किलोमिटर मध्ये छारे देखि ल्याप्चे सम्मको ८ सय मिटर मात्र काम बा“की रहेको अरु काम पुरा भइसकेको कर्णाली करिडोर सडक निर्माण कार्यदलका सेनानी अमृत पराजुलीले जानकारी दिए ।
अहिले उक्त ८ सय मिटर खण्डमा धमाधम बलाष्टिन गर्ने काम भइरहेको छ । यो चालु आर्थिक बर्ष भित्रै काम सम्पन्न गरि हस्तान्त्रण गर्ने उहा“को भनाई छ ।
८ मिटर सडकको काम सम्पन्न भएपछि कर्णाली करिडोरमा हुम्ला सिमकोट जोडिने भएको छ । नेपाल ७६ जिल्ला सदरमुकाम मध्ये अहिले सम्म राष्ट्रिय सडक संञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोट यो चालु आर्थिक बर्ष बाट जोडिने भएको छ ।
कालिकोट खुलालु देखि हुम्ला सरिसल्ला सम्मको १ सय २२ किलोमिटर सडक सेनाले गत बर्ष नै काम सम्पन्न गरि हस्तान्त्रण गरि सकेको छ । अहिले कालिकोट खुलालु देखि हुम्ला सरिसल्ला हुदै दुल्ली, ल्याप्चे सम्म सवारी साधन ओहोर दोहोर गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार