आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • खडेरीले गुच्चीच्याउ उत्पादनमा न्यून

खडेरीले गुच्चीच्याउ उत्पादनमा न्यून

  • मङ्लबार, बैशाख १८, २०८१
खडेरीले गुच्चीच्याउ उत्पादनमा न्यून

 

मुगु– मुगु जिल्लाको ग्रामिण भेगका सर्बसाधारणको मुख्य आम्दानीको श्रोत मानिएको गुच्ची च्याउ खडेरीले उत्पादनमा कमी आएपछि स्थानीय निरास भएका छन । गुच्ची च्याउ टिप्न स्थानीय लर्को लागेर बनतिर जाने र नपाएर रित्तै घर फर्किने पर्ने अबस्थाले स्थानीय चिन्तित भएका छन । चैत देखि बन जंगल क्षेत्रमा उम्रिने बहुमुल्य गुच्ची च्याउ टिप्नको लागि सर्बसाधारण स्थानीय बन जंगलतिर धाउदै आएका छन ।
यो बर्ष खडेरीले गुच्ची च्याउ पाइदैनन दिनभर बन जंगलमा डुलेर बेलुका रित्तै फर्किनु पर्ने अबस्था आएको सोरु गाउ“पालिका स्थित फोतु गाउ“का नन्दबीर नेपालीले बताए हिमपात र बर्षा नहु“दा गुच्ची च्याउ नउम्रिएको उनको भनाई छ । च्याउ टिप्न बिहानै बन जंगलतिर जानु पर्ने र सा“झपख घर फर्किनु पर्ने नेपालीले सुनाए । प्रति केजी गुच्ची च्याउको १२ हजार देखि १६ हजार सम्म मुल्य पर्ने भएकोले पैसा कमाउने लोभले स्थानीय च्याउ तर्फ आक्रर्षण बढेको छ ।

केही ब्यापारीहरुले प्रति गोटा गुच्ची च्याउ ७ रुपैया“मा किन्ने गरेका छन । जिल्लाको खत्याड, सोरु, मुगम कार्मारोङ्ग गाउपालिका र छाया“नाथ रारा नगरपालिकाको बेशी देखि लेक सम्मको बन जंगलमा गुच्ची च्याउ उम्रिने गरेको छ । बेशीतिर उम्रिने गुच्ची च्याउ पहेलो आकारको हुने र लेकतिर उम्रिने च्याउ कालो आकारको हुने स्थानीयको भनाई छ । निगालो, पिपल, उन्यू बढी भएको जंगलमा गुच्ची च्याउ बढी उम्रिने गरेको भएपनि यो पटकको खडेरी न्यून पाइने गरेको छ ।

जिल्लाको प्राय सबै बन जंगलमा गुच्ची च्याउ पाइने भएपनि बिशेष गरेर सोरु गाउ“पालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु र खत्याड गाउ“पालिकाको खमाले, गम्था, निगालबोट, तथा मुगम कार्मारोङ्ग गाउ“पालिकाको चितै, माग्री, पापु लगायत गाउ“बस्तीको जंगलमा अत्याधिक गुच्ची च्याउ पाइने गरेको छ । छाया“नाथ रारा नगरपालिकाको रोवा, बाम, पिना, मुन्दु, कोटीला, झयारी लगायत क्षेत्रको बन जंगलमा बढी च्याउ उम्रिने गरेको छ
सोरु गाउ“पालिकाको रुख गाउ“, नगरपालिकाको पिना, कोटीला र मुगम कार्मारोङ्ग गाउ“पालिकाको चितै गुच्ची च्याउको पकट क्षेत्र रहेको ब्यापारीको भनाई छ । जिल्लामा करिव २० क्वीन्टल भन्दा बढी गुच्ची च्याउ पाइने गरेको छ । जिल्लामा उत्पादित हुने गुच्ची च्याउ सतही र हवाई मार्ग बाट नेपालगञ्ज हुदै भारततिर निर्यात हुने र केही च्याउ काठमाठौ सहरतिर निर्यात हुने जिल्ला बन कार्यालयले जनाएको छ ।
गुच्ची च्याउको तरकारी मासु जस्तै अति स्वादिष्ट हुने बिभिन्न रोग प्रतिरोधको औषधि बन्ने भएको च्याउको बढी माग हुदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार