काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अष्ट्रेलिया बीच मुगुको पर्यटकिय स्थल रारामा लक्जरी रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग गर्ने बताएका छन ।
बुधबार रारा होल्डिङका अभिषेक बिक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्मा सित कुराकानीमा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन । प्रधानमन्त्रीले भने, रारामा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्वपूर्ण हो । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल गर्नु भएकोमा म खुसी छु प्रधानमन्त्री दहालले भने रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले भने, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । सोमबार काडमाडौमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारामा सुविधासम्पन्न जक्जरी रिसोर्ट निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।