तस्विर रुपा बिक
मुगु–कर्णाली प्रदेशको मुगु जिल्ला अन्त्र्रगत सोरु गाउँपालिका–४ फोतु गाउकी ७ बर्षिय असाहय रुपा कामीलाई सुबिधायुक्त बोडिङमा पढदै छन २०७७ सालमा उनका बुबा मनबीर कामीको दमरोगले मृत्यू भएको र २०७३ सालमा उनकी आमा सौमति कामीको पनि अकालमै मृत्यू भएपछि टुहुरो जीवन बिताई रहेकी रुपालाई गमगढी स्थित सिद्र्धाथ गौतम नेश्सनल बोडिङमा पढन पाएपपछि रुपा खुशी भएकी छन ।
रुपाको दयनिय कहाली लाग्दो अबस्था बुझेर अमेरिकाबासी प्रोफेसर सिर्जना उप्रेतीले पढाउने जिम्मा लगेपछि उनको भबिष्य उज्जल तर्फ देखिएको छ । दाजु सर्जन कामीको सहारामा बस्दै आएकी रुपालाई सिर्जनाले जिल्ला सदरमुकाम गमगढी स्थित सिद्र्धाथ गौमत नेश्सनल बोडिङ बाट यो बर्ष यूकेजी बाट कक्षा १ मा उत्रिर्ण भएकी छन
नेपालका दुर्गम गाउँका गरिव असाहय छोरीचेलीलाई शिक्षा दिने मेरो चाहाना अनुसार रुपा बिकलाई पढाउन सुरु गरेको प्रोफेसर सिर्जनाको भनाई छ । रुपालाई पढाउन लाग्ने सम्पूर्ण रकम मासिक रुपमा सिर्जनाले अमेरिका बाटै पढाउने गरेकी छन
रुपाको पढाई खर्च प्रोफेसर सिर्जनाले ब्यर्होदै आएको सिद्धार्थ गौतम नेश्सनल बोडिङका संस्थापक हरिबहादुर शाहीले सुनाए । यता बाट रुपाको फिसको बील पढाउने र उता बाट पैसा पठाउने गरेको उनले सुनाए । चार बर्ष अघि प्रोफेसर सिर्जनाले छायाँनाथ रारा नगरपालिका स्थितरोवा झाकोट गाउँकी चुक्का नेपालीको पाठयघर अप्रेसरमा पनि सहयोग गरेका थिइन ।