आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • समाचार
  • केएमसीको स्वास्थ्य टोलीद्धारा मुगुमा २१ सय बिरामीको निशुल्क उपचार

केएमसीको स्वास्थ्य टोलीद्धारा मुगुमा २१ सय बिरामीको निशुल्क उपचार

  • बिहिबार, बैशाख २०, २०८१
केएमसीको स्वास्थ्य टोलीद्धारा मुगुमा २१ सय बिरामीको निशुल्क उपचार

मुगु–संघीय सांसद डाक्टर सुनीलकुमार शर्माको काठमाडौ मेडिकल कजेल पब्लिक लिमिडेटको चिकित्सक टोलीले  हिमाली जिल्ला मुगुमा, २१ सय बिरामीको निःशुल्क  औषधि उपचार गरेको छ । नेपाली कांग्रेसका सांसद डाक्टर सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड ९केएमसी० को स्वास्थ्य टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क स्वास्थय परिक्षण तथा उपचार सेवा पाएको केएमसीका महाप्रबन्धक नारायण प्रसाद दाहालले जानकारी गराउनु भयो । बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको छ ।  त्यसै गरि ८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको छ । ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको काठमाडौ केएमसीमा निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले जानकारी गराए । नगरपालिकाका प्रमुख बिष्णु कुमार भामको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा। शर्मा उपप्रमुख नगरपालिका ऐश्वर्य शाही मल्ल केएमसीका महाप्रबन्धक दाहाल तथा अस्पताल व्यवस्थापन अध्यक्ष गजेन्द्रबहादुर मल्लले सम्बोधन गरेका थिए . डाक्टर  शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यो महिनामा मात्र  टोलीले बाजुरा,हुम्ला,मुगु स्वास्थ्य शिविर सम्पन्न गरेको छ. ।।डाक्टर सुनील कुमार शर्मा नेपाली कांग्रेस बाट निर्बाचित प्रतिनिधि सभा सांसद हुन ।

चर्चामा

सम्बन्धित समाचार