शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • जेष्ठ र अपाङगता भएका पत्रकारको लागि जीवन निर्बाहभत्ताको ब्याबस्था गरिनेछ ः प्रधानमन्त्री दाहाल

जेष्ठ र अपाङगता भएका पत्रकारको लागि जीवन निर्बाहभत्ताको ब्याबस्था गरिनेछ ः प्रधानमन्त्री दाहाल

  • शुक्रबार, बैशाख २१, २०८१
जेष्ठ र अपाङगता भएका पत्रकारको लागि जीवन निर्बाहभत्ताको ब्याबस्था गरिनेछ ः प्रधानमन्त्री दाहाल

काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहालले जेष्ठ र पत्रकार तथा अपाङगता भएका पत्रकारहरुको निम्ति जीवन निर्बाह भत्ताको ब्याबस्था गरिने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघको २७ औं महाधिबेसन उदघाटनको अबसरले उक्त कुरा बताउनु भएको हो । सरकारले प्रबाह गर्ने सबै सरकारी बिज्ञानपन न्यायीक ढंग बाट बितरण गर्ने ब्याबस्था गरिने प्रधानमन्त्रीको भनाई छ । नेपालको प्रेस जगत सधै परिर्वतन पक्षमा उभिने उहॉको भनाई छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाको नेपाली प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण भएको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले भूकम्प कोरोना महामारी जस्ता कारणले आर्थिक मन्दी हुने मिडिया उद्योग कमजोर हुने पर्ने अबस्था उत्पन्न भयो ।
पत्रकारिता बिषयमा उठेकोका बिषयहरु अगामी निति र कार्यक्रम तथा बजेटमा सम्बोधन गरिने उहाको भनाई छ । प्रधानमन्त्री दाहालले मिथ्या र भ्रामक सुचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न पत्रकारलाई आग्रह समेत गरेका छन ।
नेपाल पत्रकार महासंघको २७ औ महाधिबेसनलाई सम्बोधन गर्दै संञ्चार तथा सुचना प्रबिधि मन्त्री रेखा शर्माले आम संचार बिधेयक चाडै मन्त्रिपरिषदमा पेस हुने बताउनु भएको छ ।नेपाल पत्रकार महासंघको २७ औं महाधिबेसन काठमाडौमा शुक्रबार देखि सुरु भएको छ । उक्त महाधिबेसन २ दिन सम्म संचालन हुने छ । महाधिबेसनमा भाग लिने देशभरिका राष्ट्रिय परिषसद सहस्य सहभागी भएका छ ।

चर्चामा

सम्बन्धित समाचार