सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • समाचार
  • पर्यटन प्रर्बधनको लागि मोटोगल्स टु द रिङरोड

पर्यटन प्रर्बधनको लागि मोटोगल्स टु द रिङरोड

  • शनिबार, बैशाख २२, २०८१
पर्यटन प्रर्बधनको लागि मोटोगल्स टु द रिङरोड

 

फोटो सौजन्य उकेश लाखाजु
काठमाडौं–नेपालको पर्यटन प्रर्बधन तथा संस्कृति संरक्षणको लागि शनिबार राजधानीमा बृहत मोटोगल्स टु द रिङरोड कार्यक्रमको आयोजना गरिएको छ । १८ औं इन्टरनेशनल फिमेल राइड डे को अवसरमा अठोट नेपालको आयोजनामा दुई पाङग्रे क्विनको प्रस्तुतीमा राजधानीमा मोटोगल्र्स टु द रिङरोड राइडको कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको पर्यटन बोर्डकी म्यानेजर श्रद्धा श्रेष्ठ र नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले उदघाटन गरेका थिए ।

मोटोलग्र्स टु द  रिङरोड  कार्यक्रम अनौठो देखिएको श्रद्धाले बताइन । भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको प्राङगण बाट सुरु गरिएको मोटोगल्र्स टु द रिङरोड राइड कार्यक्रम रिङरोड परिक्रममा गरि सोह्रखुट्टे स्थित सेभेन ह्लिर्स रेष्टुरामा पुगेर सम्पन्न गरिएको अठोट नेपालका अध्यक्ष देबेन्द्र शाहीले जानकारी गराए । मोटोगल्र्स टु द रिङरोड राइडरमा कालो सारी पहिरनमा नर्स देखि खेलाडी कलाकार लगायत बिभिन्न क्षेत्रमा ३० जना महिलाको सहभागी रहेको उनको भनाई छ । नेपालमा पर्यटन प्रर्बधन तथा संस्कृति संरक्षणको लागि मोटोगल्र्स टु द रिङरोड कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको नेपाल पर्वतारोहण संघका महासचिव लम्सालले बताउनु भयो ।

यो कार्यक्रमलाई निरन्तरता दिन आबश्यक देखिएको उनको भनाई छ । गत बर्ष सिन्धुलीगढीमा मोटोगल्र्स टु कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिन पुन आयोजना गरिएको दुई पाङग्रे क्विनकी प्रमुख तुलसा पहाडीको भनाई छ । नया कन्टेष्टको रुपमा हामीले कालो सारी लगाएर राइड गर्ने सोच बनाएको तुलसाले भनिन त्यसो गर्दा निकै रमाइलो महसुुस भयो । तुलसाका अनुसार मोटोगल्र्स कार्यक्रममा प्रमुख प्राथमिकताका साथ आगामी दिनमा निरन्तरता दिने र मोटोगल्र्स टु द एभरेष्ट समेत गर्ने लक्ष्य राखिएको छ । अठोट नेपालले शिक्षा स्वास्थ्य पर्यटन प्रर्बद्धनको लागि फोटो प्रदर्शनी लगायत कार्यक्रम गर्दै आएको । दुई पाङग्रे क्विन सित साझेदारी गरि आउदो बर्षहरुमा मोटोगल्र्स टु द कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको अठोट नेपालका अध्यक्ष शाहीको भनाई छ । शाही पर्यटन प्रर्बद्धन लागि बिगत देखि बिभिन्न क्रियाकलाप गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार