मुगु–मुगु जिल्लाको छायाँनाथ नगरपालिका ९ मुगु गाउँमा बिद्युती नहुदा स्थानीय मर्कामा छन । स्वर्गको अप्सरा राराको धर्तीमा पुख्र्यौली देखि बसोबास गर्दै आएका मुर्मा गाउँका ८५ परिवारले अहिले सम्म बिद्युतको उज्यालो देख्न पाएका छैनन ।
रारा घुम्न आउने पर्यटक मुर्मा गाउँ पुग्ने र त्यहाँको अबस्था देखेर चकित पर्ने गरेका छन जिल्ला सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरु बत्तीले झिलिमिलि देखिने गरेको भएपनि रारा मुर्मा गाउँ भने उहीले देखि अहिले सम्म अन्धकार भित्र छ ।
करिव ४ सय किलोवाट बिद्युत क्षमता रहेको गमगाढ साना जलबिद्युत आयोजना बाट अहिले सम्म रारा मुर्मा गाउँमा लाइन बिस्तार नगर्दा स्थानीय चिन्तित छन । अर्को तर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय बिद्युत प्रशारणलाई लाइन पुगे पनि रारा मुर्माबासीलाई भने बिद्युत प्रतिक्षा गर्दै दिन बित्न थालेको छ ।
गाउ“मा बिद्युत छैन सल्लोको दियालो सोलार बालेर बस्ने गरेको छौ रारा मुर्मा गाउ“ जनकपुरा रोकायाले दुखेसो पोख्दै भनिन सरकारले हामीलाई बत्तीको सुबिधा दिदैन ।
मुर्मा गाउँका स्थानीयले गमगाढ जलबिद्युत छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्ज समक्ष बिद्युत उत्पादनको लागि बारम्बार आग्रह गर्दै आएका छन
पर्यटकिय गाउँ भनेर सबै हेर्न यहाँ आउछ मुर्मा गाउँका धने रोकायाले भने हाम्रो बसोबास अध्यारोमा छन । निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुश्किल छ उनले भने गरिवीले गर्दा शौर्यपाता किन्ने क्षमता छैन । रारा छोडेर बाँके गाबर चिसापानीतिर जाने गाउँले दाजुभाईले बत्ती गाडीको सुबिधा पाएका छन रोकायाले भने गाउँ प्यारो मानेर यही बस्ने हामी दुःख झेलेर बस्नु परेको छ । गाउँमा बिद्युतको सुबिधा नहुँदा स्थानीयलाई राति उज्यालो गर्न मोवाइल चार्ज गर्न बिधार्थीलाई पठन समस्या हुने गरेको छ । यो आर्थिक बर्षमै रारा मुर्मा गाउ“मा बिद्युत पु¥याउन लक्ष्य रहेको गमगाढ जलबिद्युत आयोजना प्रमुख साजनबहादुर ऐडीले बताउनु भयो ।
फोटो मुगुको मुर्मा गाउ ।