शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • खेलकुद
  • मुगु रारामा प्रदेशस्तरीय कवडी खेल सुरु

मुगु रारामा प्रदेशस्तरीय कवडी खेल सुरु

  • बुधबार, बैशाख २६, २०८१
मुगु रारामा प्रदेशस्तरीय कवडी खेल सुरु

काठमाडौ—कर्णाली प्रदेश अन्त्र्रगत हिमाली मुगु जिल्लाको पर्यटकिय स्थल सुन्दर नगरी रारामा रारामा प्रदेशस्तरीय कवडी खेल सुरु भएको छ । उक्त खेल तीन दिन सम्म संचालन गरिने भएको छ । सोही कवडी खेलको उदघाटन कर्णाली प्रदेश सभाका सार्वजनिक लेखा समितिका सभापति तथा उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयका निर्बतमान मन्त्री जीतबहादुर मल्लले गरेका छन ।कर्णाली प्रदेशका भौतिक पूर्बाधार तथा शहरी बिकास मन्त्रालयका निर्बतमान मन्त्री मंगलबहादुर शाहीलाई कार्यक्रमको बिशेष अतिथिको रुपमा अशनग्रहण गराइएको छ । रारामा संचालन भएको प्रदेशस्तरीय कवडी खेलमा महिला ७ र पुरुष १० गरि १७ टिमका १ सय ७० जना खेलाडी र २२ जना रेफ्रि सहभागी भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा भाग लिनको लागि खेलाडी छनौट गर्न रारामा प्रदेशस्तरीय कवडी खेलको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार