आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • खेलकुद
  • रारा तालको किनारमा कवडी खेलको रौनक

रारा तालको किनारमा कवडी खेलको रौनक

  • बिहिबार, बैशाख २७, २०८१
रारा तालको किनारमा कवडी खेलको रौनक

काठमाडौ—कर्णाली प्रदेश अन्त्र्रगत पर्यटकिय स्थल कवडी खेलले रौनक छाएको छ ।
रारामा समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा पर्ने स्वर्गकी अप्सरा रारा तालको आ“गनमा कवडी खेलको रौनक देखिएको छ
मुगु जिल्ल्ला खेदकुद बिकास समितिले आयोजना गरेको तीन दिन प्रदेशस्तरीय कवडी खेलको १० जिल्लाका खेलाडीहरु रारा तालको किनारमा प्रतिस्पर्धा गर्दै छन । तालको मनोरम दृष्य अवलोकन संगै खेल जित्न महिला र पुरुष खेलाडी हौसिएका छन थकानमा रारा तालको पानी पिउदै खेलाडीहरु खेलको प्रतिस्पर्धा उत्रिएका छन । प्राय आन्तरिक पर्यटक मात्र देखिने रारामा यति बेला खेलाडीले भरिएका छन । खेलाडीले गर्दा रारामा रमझम देखिएको छ । रंगबिरंगी पोषकमा सजिएका खेलाडीको खेल हेर्न रारा वरिपरि बस्तीका महिला पुरुष युवायुवती पनि घरको काम थाति राखेर रारातिरै उक्लिएका छन । रारामा कवडी खेलको रौनक देखिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय संरक्षण अधिकृत राजु घिमिरे बताउनु भयो । भ्रमणमा आएका पर्यटकहरुले पनि कवडी खेल हेर्न पाएको उनको भनाई छ ।
रारामा आयोजित कवडी खेलको उदघाटन कर्णाली प्रदेश सभाका सार्वजनिक लेखा समितिका सभापति तथा उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयका निर्बतमान मन्त्री जीतबहादुर मल्लले गरेका छन ।
त्यसै गरि कर्णाली प्रदेशका भौतिक पूर्बाधार तथा शहरी बिकास मन्त्रालयका निर्बतमान मन्त्री मंगलबहादुर शाही पनि उदघाटन कार्यक्रममा सहभागी भएका छन
रारामा संचालन भएको प्रदेशस्तरीय कवडी खेलमा महिला ७ र पुरुष १० गरि १७ टिमका १ सय ७० जना खेलाडी र २२ जना रेफ्रि सहभागी भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा भाग लिनको लागि खेलाडी छनौट गर्न रारामा प्रदेशस्तरीय कवडी खेलको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले सुनाए ।

चर्चामा

सम्बन्धित समाचार