फाइल तस्विर
काठमाडौ—संघीय संसद अन्त्रर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बर्षे अर्थात बजेट अधिबेशन आज देखि प्रारम्भ हुदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संबिधान धारा ९३ को उपधारा १ अनुसार मन्त्रीपरिषद्को सिफारिसमा यही बैशाख २० गते संसदको दुबै सदनको अधिबेशन आहवान गरे अनुरुप सदनको बजेट अधिबेसन प्रारम्भ हुन लागेको हो । नया“बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज अपरान्ह २ बजेका लागि आहवान भएको अधिबेसनमा उपस्थितका लागि सबै संसद सदस्यहरुलाई संघीय संसद सचिवालयले यस अघि नै सार्वजनिक सुचना जारी गरेर अनुरोध गरिएको छ ।
आगामी आर्थिक बर्षको आयब्यायको अनुमानित बिबरण बजेट जेठ १५ मा संसदमा पेस गर्नु पर्ने संबैधानिक प्रावधान छ । त्यस अघि सरकारको बार्षिक नीति तथा कार्यक्रम दुबै सदनको संयुक्त बैठकमा राष्टपति बाट प्रस्तुत हुने छ । अधिबेशनलाई प्रभावकारी रुपमा संचालन गर्न सभामुद देवराज घिमिरे सांसद प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका नेताहरु संग छलफल गरि सकेका छन ।