मुगु—जिल्ला स्थित पूर्बी मुगुम् कार्मारोङ गाउँपालिका स्थित डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचिन तामाखानी अन्वेषण गरि उत्खनन गर्न स्थानीयले सरकार संग माग गर्दै आएका छन । संघीयता लागु भएपछि उक्त ताखा खानीले मान्यता पाउने र उत्खनन हुने आसा भएपनि संघीय सरकार संचालन भएको साढे ६ बर्ष सम्म उक्त तामाखानीको बिषयमा सरकारले पहल नै नगर्दा स्थानीय निरास भएका छन ।
मुगुम कार्मारोङ गाउँपालिकाको–१ स्थित डोल्फू गाउँ देखि ५ घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङजे, इटिङ र थोङवा भन्ने स्थानमा गरि तीन वटा ठाउँमा प्रचलित तामाखानी रहेको छ । उक्त तामाखानी डोल्फू कर्णाली नदी देखि करिव ३ हजार मिटर उचाइको क्षेत्रमा छ । गत बर्ष झोलुङ्गे पुल क्षेत्र बिकास समितिले तामा खानी जाने डोल्फू कर्णाली नदीमा पुल समेत लगाई दिएपछि आउ जाउ गर्न झन सहज बनेको छ । पहिले स्थानीयले काठे पूल लगाएर तामा खानी पुग्ने गर्थे । ओझेलमा परेका खानीहरुलाई उत्खनन गर्ने भन्ने सरकारको नीति भएपनि मुगुको तामा खानी प्रति सरकारको ध्यान नजादा दल, जनप्रतिनिधि निरास बनेका छन । हाम्रो तामाखानी उत्खननमा प्रदेश र संघीय सरकारले किन चासो दिएन मुगुम् गाउँपालिका उपाध्यक्ष छिरिङ फुटिक लामाले भनिन खानी नै नभएको ठाउमा सरकारको ध्यान जान्छ हाम्रो प्राचिन ताखाखानी ओझेल पारिएको छ । उनले भनिन नाम्लाङखोला क्षेत्रमा जताततै तामाखानी छन ।
पहिले डोल्फू गाउँका ५५ घरधुरीको स्थानीयले खानी बाट तामाका डल्ला निकालेर गाउँमा ल्याएर आगोमा पगालेर बिभिन्न भाडाकुडा बनाएर बेच्ने गरेको उनको भनाई छ । भारतको अल्मोडाको तामा भन्दा डोल्फूको तामा उत्कृष्ट देखिएको स्थानीय बताउछन । आगोमा पलागेर निकालेको तामा बाट स्थानीयले ताउलो, गाग्रो, अनाज भर्ने माना पाथी, बनाएर जिल्ला बाहिर हुम्ला, जुम्ला,कालिकोट बाजुरा सम्म पु¥याएर बेच्ने गर्थे । करिव सन १९७५ देखि सरकारले डोल्फूको तामाखानी उत्खननमा प्रतिबन्द लगाएको स्थानीयको आरोप छ । मुगुम कार्मारोङ गाउँ पालिकाले पनि तामा खानी अन्वेषण गरि उत्खनन गरि दिने खानी तथा भुगर्भ बिभागमा लिखित तथा मौखिम रुपमा आग्रह गर्दै आएको छ । धेरै जिल्लाका खानीहरु उत्खननको लागि सरकारले प्रकृया अघि बढायो तर हाम्रो ताखीलाई वास्ता गरेन गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको गुनासो छ ।
गत माघ ३ गते गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले खानी तथा भुगर्भ बिभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटेर लिखित रुपमा तामा खानी अन्वेषण गरि उत्खनन गरि दिन माग गरेका छन । मुगुको प्रचलित तामाखानी अन्वेषणमा नेपाल सरकारको ध्यान जानु पर्ने संघीय सांसद ऐनबहादुर शाही भन्छन तामाखानी अन्वेषण हुनु पर्छ ।