मुगु —जिल्ला स्थित मुगुम् कार्मारोङ गाउ“पालिकाका ६१ जना भेडापालक कृषिकलाई प्रोत्साहन स्वरुप समाग्री दिइएको छ । उक्त गाउ“पालिका—९ छाइल, पापु र चिमाथ गाउ“का ६१ जना भेडापालक कृषकलाई प्रोत्साह स्वरुप समाग्री उपलब्ध गराइएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश अन्त्र्रगत भूमि ब्याबस्थापन कृषि तथा सहकारी मन्त्रालयको १५ लाख आर्थिक सहयोग र पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहजीकरणमा छाइलका ५ जना, चिमाथका १२ जना र पापुका ४४ जना भेडापालक कृषकलाई प्रति ब्यक्ति १२ वाटको सोलार पाता, त्रिपाल, काइयो, कैची, रयाङकोट टर्च लगायत ७ प्रकारको प्रोत्साह समान दिइएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख भिमचन्द बुढाले जानकारी दिए ।
निरन्तर भेडा पाल्दै आएका कृषकलाई उत्साहित बनाउन र भेडा ब्याबसाय अझ भरपर्दो बनाउने उदेश्यले उक्त समान उपलब्ध गराइएको उनको भनाई छ । दुःख कष्टका साथ लेकाली बस्तीमा भेडा पाल्दै आएका ६१ कृषकले प्रोत्साह बाफत समाग्री पाएपछि खुशी समेत भएका छन । सरकारले हाम्रो दुःम पिडा सम्झेर हामीलाई चाहिने आबश्यक समान दिदा खुशी लाग्यो पापु गाउ“का सिह बुढाले सुनाए । यो चालु आर्थिक बर्षमा मुगु जिल्लका चार वटै स्थानीयतहका भेडापालक कृषकलाई उत्साहित गराई भेडा ब्याबसाथलाई दिगो आत्मनिर्भर बनाउन प्रदेश सरकार बाट ६० लाख बजेट निकासा भएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । उक्त कार्यक्रम सोरु गाउ“पालका—८ आ“सिधारा, खत्याड गाउ“पालिका—५ कोटिला—छाया“नाथ रारा नगरपालिका १२ र १४ मा रहेको छ ।