सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • समाचार
  • गमगढी खत्याड सडक निर्माणमा रारा निकुञ्ज बाधक

गमगढी खत्याड सडक निर्माणमा रारा निकुञ्ज बाधक

  • सोमवार, बैशाख ३१, २०८१
गमगढी खत्याड सडक निर्माणमा रारा निकुञ्ज बाधक

 

मुगु–जिल्ला सदरमुकाम गमगढी देखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माण प्रकृयामा रारा राष्ट्रिय निकुञ्ज बाधक बनेपछि स्थानीयलाई सास्ती भएको छ । गमगढी देखि सोरु र मुगुम कार्मारोङ तर्फ जाने सडक सुबिधाले स्थानीय जीप, मोटर साइकल चढेर आउजाउ गर्ने र गमगढी देखि खत्याड जोडने सडक खन्न निकुञ्जले छेकेपछि त्यहा“का स्थानीय २ दिन हिडेर गमगढी पुग्ने गरेका छन । अर्कोतिर खत्याड गाउँपालिकाका स्थानीयले जीप मोटर साइकल चढेर जानु पर्दा गमगढी बाट घुच्चीलेक हुदै छिमेकी जिल्ला जुम्ला गोठीज्यूला बजार पुगेर त्यहा बाट कालाकाँडा भएर गम्था माँझचौर पुग्नु पर्दा झन मर्का हुने गरेको छ । उक्त सडक खण्ड हिमपात बर्खाको बेला अबरुद्ध हुदा हिडेरै ओहोर दोहोर गर्नु पर्ने बाध्यता छ । निकुञ्जले गर्दा सडक बनेन हामीलाई सारै दुःख भयो खत्याड गाउँपालिका–८ का रामबहादुर रावतले भर्ने पिठियुमा झोला र हातमा लौरो टेकेर पसिना बगाउदै हिडनु पर्ने अबस्था छ; । हिउदको बेला निकुञ्जको घोरेटो बाटोमा हिउ बरफ, जम्दा हिडन जोखिम हुने हुने चिप्लिएर चोट लाग्ने उहा“को भनाई छ । निकुञ्ज बाट हामीले पाउनु पर्ने सेवासुबिधा केही छैन उनले भर्ने उल्टै सडक छेकेर हामीलाई सारै दुःख कष्ट भयो’ । नागरिकता बनाउन जगाको लालपूर्जा लिन जग्गाको कित्ता कार्ड गर्न र डिभिजन बन कार्यालय, सिचाई तथा खानेपानी कार्यालय, पूर्बाधार बिकास, कृषि तथा पशुसेवा लगायत सरकारी कार्यालयका योजना सम्झौता गर्न बजेट भुक्तानी लिन २ दिन हिडेरै गमगढी पुग्नु पर्दा खत्याडबासी निकुञ्ज प्रति रुष्ट छन । जिल्ला सदरमुकाम गमगढी आउन कि २ दिन हिडनु पर्ने कित जुम्ला गोठीज्यूला भएर जानु पर्ने कस्तो बिडम्बना खत्याड गाउ“पालिका–२ का वडाअध्यक्ष हेमराज मल्लले सुनाए । उनले भने रारा बाट हामीले पाउनु पर्ने केही छैन उल्टै सडक खन्न बाधा हुदा पैतला दुखाएर हिडनु पर्ने भयो । मोटर बाटो सुबिधा नहु“दा खत्याडमा कार्यरत कर्मचारी शिक्षक बिधार्थीलाई बिदाको समयमा रारा घुम्न गाह्रो भएको छ । यता गमगढी देखि राराको माथिल्लो मिलिचौर सम्मको १६ किलोमिटर सम्म जीप मोटर साइकलद्धारा गएपनि त्यहाँ देखि लगातार ६ घण्टा हिडेर सेरी निगालबोट पुगेपछि मात्र स्थानीयले जीप भेटाउनु पर्ने अबस्था रहेको खत्याड गाउ“पालिकाका स्थानीय नरसुर कार्कीको भनाई छ । रारा राष्टिय निकुञ्जले खत्याड जोडने सडक निर्माणमा बाधा पुरयाएको गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले बताइन । सडक सुबिधा नहुँदा खत्याड देखि गमगढी आउजाउ गर्न सारै दुःख भएको उनको भनाई छ । खत्याड गाउ“पालिका भित्र रहेका करिव ५७ वटा बस्तीका स्थानीयलाई अन्य बिकास निर्माण काम गाउ“पालिका बाटै हुने गरेपनि नागरिकता राहदानी पासपोर्ट बनाउन गमगढी २ दिन हिडेर गमगढी जिल्ला प्रशासन कार्यालय पुग्नै पर्ने अबस्थाले कठिन भएको छ जैबिक बिबिधता नास हुने र बन्यजन्तुलाई असर पर्ने भएको हुदा निकुञ्ज भित्र सडक लैजान नपाइने रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार