सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • कृषि
  • एक गोरुको खेतीले बर्षभरि खाना

एक गोरुको खेतीले बर्षभरि खाना

  • मङ्लबार, जेष्ठ १, २०८१
एक गोरुको खेतीले बर्षभरि खाना

मुगु–एक गोरुको खेतीले बर्षभरि खाना खेतबारी पाखो(गरा)जमिन जोत्न समान्यतय हल गोरु चाहिन्छ । तर मुगुको पूर्बी भेगका स्थानीयले एक गोरु जोतेर अन्नबाली लगाउने चलन छ । यो क्षेत्र मुगुम कार्मारोङ गाउपालिका भित्र पर्ने गरेको छ ।माग्री, मह, रिउस, किम्री, ताखा, खारी, पुलु, डोल्फू, लगायत बस्तीमा बसोबास गर्ने आदिबासी जनजातिहरुले एक गोरु जोतेर अन्नबाली लगाउने गरेका छन । भिरालो जमिन सा“धुरो खेतबारी बलौटे माटो भएकोले यहा“का स्थानीयबासी एक गोरु जोतेर अनाज उत्पादन गर्दै आएका छ । गोरुको नाकमा डोरी लगाएर एक जनाले तान्ने र पछाडी एक जनाले हलो जोत्ने गरेका छन । गोरुको नाकको डोरी तान्न प्रयाय बालबालिका प्रयोग गर्ने चलन छ । भिरालो जमिनमा सा“धुरो स साना खेतबारी भएकोले दुई वटा गोरु नअटने भएकोले एक गोरु जोतेर अन्नबाली लगाउनु परेको रिउस गाउका ग्याल्जन तामाङको भनाई छ । दुई वटा गोरु जोत्न खेतबारीको छेउछाउ बाट फर्काउन नसकिने भिरमा लडने डरले गर्दा यहा“का स्थानीय एक गोरु जोत्न बाध्य छन । अर्कोतिर गरिबीका कारण दुई वटा गोरु किनेर जोत्न नसक्ने अबस्थाले गर्दा पनि एक गोरु जोत्नु परेको स्थानीयको भनाई छ करिव १३ सय घरधुरी र ६ हजार जनसंख्या रहेको यस क्षेत्रमा २ हजार २ सय ४१ बर्गकिलोमिटर जमिन मध्ये २ सय हेक्टर जमिनमा मात्र कोदो कागुनो चिनो फापर आलु जौ लगायत अन्न उत्पादन हुने गरेको छ । आफनै खेतबारीमा उत्पादन गरेको अन्नले बर्ष दिन सम्म पुग्न कठिन हुने भएकोले सरकार अनुदानको चामलको भर पर्नु पर्ने बाध्यता छ । एक गोरुले उत्पादन गरेको अन्नबालीले बर्ष दिन कटाउन मुश्किल हुने मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनु भयो

चर्चामा

सम्बन्धित समाचार