शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • कर्णालीमा लोपहुदै ढुंगेओखल

कर्णालीमा लोपहुदै ढुंगेओखल

  • शनिबार, जेष्ठ ५, २०८१
कर्णालीमा लोपहुदै ढुंगेओखल

मुगु–साविकको कर्णालीको हिमाली जिल्लाको गाउ“बस्तीमा स्थानीयले अन्न कुटानी पिसानीको लागि परम्परा देखि प्रयोग गर्दै आएको ढुंगे ओखल लोपहुदै जान थालेका छन । दुर्गम गाउ“बस्तीमा सडक सुबिधा संगै मिल प्रयोग गरि अनाज कुटानी पिसानी गर्न थालेपछि पुख्र्यौली ढुंगेओखल लोप हुदै जान थालेका छन ।

पहिले गाउ“ बस्तीका महिलाहरुले ढुंगेओखलमा अनाज कुटानी पिसानी गर्थे भने अचेल मिल बाट अनाज कुटानी पिसानी गर्न थालेपछि ढुंगेओखल लोप हुन थालेको सोरु गाउ“पालिका–२ का कर्णजंग शाहीले बताए । गाउगाउ“मा मिलको आवाज सुनिने गरेको उनको भनाई छ । कुनै ठाउ“मा वडातह बाट त कुनै ठाउ“मा गैसस तथा निजी ब्यक्तिले मिल खरिद गरि ल्याएर अनाज कुटानी पिसानी गर्न थालेका छन । बिद्युत सुबिधा नभएको बस्तीमा जेनेरेटर मार्फत मिल संचालन गर्ने गरेका छन । शहरमा एउटा धान तथा गहु“ पिस्ने मिलको ३५ हजार देखि ४० हजार मुल्य पर्ने गरेको छ । मिल बाट अनाज कुटानी पिसानी गर्न थालेपछि महिलालाई सहज भएको छ । शहरका मिल गाउ“मा भित्रिन थालेपछि उहीलेका ढुंगेओखल बिस्थापित हुदै गएको सोरु गाउ“पालिका–३ का वडाअध्यक्ष सिहबहादुर धामीको भनाई छ । ढुंगेओखल परम्पराको चीनो हो त्यसलाई पनि जोगाई राख्न आबश्यक देखिएको उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार