मुगु—हिमाली जिल्ला मुगुमा फाइवर दु टी होम एफटिटिएच इन्टरनेट सेवा बिस्तार गरिएको छ ।
आइतबार संंचार तथा सुचना प्रबिधिमन्त्री रेखा शर्माले भर्चुअल माध्यम बाट मुगुमा फाइवर टु दी एफटिटिएच सेवा शुभारम्भ गरेको नेपाल टेलिकम कार्यालयले जनाएको छ ।
जिल्लाको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारा भ्रमण जाने पर्यटकलाई मध्येनजर गरि उच्च गतिको इन्टरनेट सेवाको बिस्तार गरिएको मन्त्री शर्माले बताइन । उनले भनिन उक्त सेवा सिमित मुगु जिल्लाको लागि मात्र नभएर समग्र देशलाई लाभ हुने आसा गरिएको छ । हात हातमा मोवाइल र घर घरमा इन्टरनेट सेवा भन्ने कुनै बृलाको नारा असम्भव मानिए पनि अहिले सम्भव भएको भन्दै मन्त्री शर्माले प्रसंशा गरेकी छन ।
नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट ल्याण्डलाइन फोन इन्टरनेट टिभिसहितको सुबिधा भएको फाइवर टु दी होम एफटिटिएच सेवा मुगु जिल्ला सहित ७६ जिल्लामा पुगि सकेको र हुम्लामा मात्र पुग्न बा“की छ
इन्टरनेटको समस्या झेल्दै आएको मुगुमा फाइवर दु दी होम एफटिटिएच इन्टरनेट सेवा बिस्तारले जिल्लाबासीलाई खुशी बनाएको प्रतिनिधि सभासद ऐनबहादुर शाहीले भने अझै मुगुको धेरै गाउ“बस्तीमा टेलिफोन नलाग्दा स्थानीयलाई हैरानी छ यो समस्या समधानमा टेलिकमको चाडो ध्यान पुगाृेस ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर काकी र दुरसञ्चार कार्यालय मुगुका प्रमुख प्रेमराज आर्चायले जिल्लाको जिल्लाको संचार क्षेत्रको समस्या समधानको लागि मन्त्री शर्मा संग आग्रह गरेका छन ।
नेपाल टेलिकमले पुरानो प्रबिधिलाई एफटीटीएचमा माइग्रेसन गरि हाल उपलब्ध वयभ रेडियो लिंकको क्षमता एफटीटीएच प्रबिधि बाट ५ एम पि एस क्षमताको टेलिफोन र इन्टरनेट सेवा बिस्तार गरिएको नेपा टेलिकम प्रमुख आर्चायको भनाई छ ।