मुगु—कर्णाली प्रदेश अन्त्र्रगत हिमाली मुगु जिल्ला स्थित खत्याड गाउपालिकाको कालिका माध्यामिक बिद्यालयमा जिल्लाकै पहिलो बिज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको उद्घघाटन रिमोट कन्ट्रोल मोटर सिस्टम् द्वारा खत्याड गाउँपालिकका अध्यक्ष अजबहादुर शाहीले रिमोट द्वारा कार्यक्रमको ब्यानर उद्घघाटन गरेका छन । कार्यक्रममा १८ वटा स्टल रहेकोमा कृषिमा ९हाईड्रोपोनिक्स, थोपो सिंचाइ, मल्चिङ, एकीकृत कृषि प्रबिधि , बिज्ञानमा ९पेरिस्कोप,सुचालक(कुचालक, विद्युत जडानका प्रकार , रोबोटिक्समा९बल खेल्ने रोबर्ट, स्मार्ट कुइज बोर्ड , स्वचालित सडक बत्ती लगाएत शैक्षिक सामाग्रीमा नेपाली, अङ्ग्रेजी र समाजिक बिषयका विभिन्न शैक्षिक सामाग्रीको प्रदर्शनी गरिएको थियो। करिब १५०० जनाले कार्यक्रम अवलोकन गरेको र कार्यक्रम सोचे भन्दा राम्रो भएको कार्यक्रम संयोजन सोही बिद्यालयका कृषि प्रशिक्षक ज्ञानी बुढा बताउनु भयो । मुगु जिल्लाको पहिलो बिज्ञान प्रदर्शनीले समस्त मुगु जिल्लालाई आधुनिक युगमा प्रवेश गरेको गाउँपालिका अध्यक्ष शाहीको भनाई छ ।