सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • समाचार
  • दश महिनामा साढे १० हजार पर्यटक रारा भ्रमण

दश महिनामा साढे १० हजार पर्यटक रारा भ्रमण

  • मङ्लबार, जेष्ठ ८, २०८१
दश महिनामा साढे १० हजार पर्यटक रारा भ्रमण

मुगु—कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न १० महिना साडे दश हजार पर्यटक पुगेका छन ।
गत साउन १ गतेदेखि बैशाख मसान्तसम्ममा आन्तरिक पर्यटक १० हजार तीन सय ४१ जना, सार्क मुलुकबाट ४३ र अन्य बिदेशी मुलुकबाट एक सय ९५ जना गरी १० हजार पाँच सय ७९ जना पर्यटकले रारा भ्रमण गरेका हुन ।
रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका सूचना अधिकारी जयहरी धितालका अनुसार चालु आर्थिक बर्षको १० महिनामै दश हजार ५ सय ७९ जना पर्यटकले रारा भ्रमण गर्न आउनु सुखद र खुशीको कुरा हो ।दसैं(तिहार बिदामा रारामा आन्तरिक पर्यटक रारा घुम्न आएका उनको भनाइ छ । यस बर्षको सबैभन्दा धेरै कार्तिक महिनामा तीन हजार ४ सय ९२ जना पर्यटक रारा घुम्न आएका थिए । भने सबैभन्दा कम साउन महिनामा एक सय २६ जना रारा पुगेका थिए ।
यो चालु आवको बैशाख मसान्तसम्म रारा घुम्न आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चडेको र अन्य शुल्क गरि निकुन्जले तीस लाख ६३ हजार ७९१ राजस्व असुल गरेको पनि रारा राष्ट्रिय निकुन्जका सूचना अधिकारी धितालको भनाइ रहेको छ । जम्मा राजश्व मध्य २५ लाख ३० हजार पर्यापर्यटकबाट र बाकी राजस्व ५ लाख ३३ हजार ७८१ दण्ड, जरिवाना, काठ दाउरा, लगायतबाट उठेको उनले बताए ।गत आब भरिमा ११ हजार एक सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।
रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
डुङ्गा चडेको प्रती ब्यक्ति पाँच सयका दरले उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाकी ८० प्रतिशतमा ४० प्रतिशत डुङ्गा चालक र ४० प्रतिशत समितिमा राख्ने गरिएको छ ।
हवाई मार्गबाट लगभग ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा घुम्न आउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार