मुगु—जिल्लाका बाढीपहिरो पिडितहरुलाई डेढ बर्ष सम्म नत राहत पाए नत पूर्नवासको ब्याबस्था गरिएको छ । २०७९ साल असोज १९ देखि २३ गते सम्मको भीषण बाढीपहिरोले जिल्लाको चार वटै स्थानीयतहमा २ सय ३६ परिवार पूर्णरुपमा बिस्थापित १ सय ८८ घर आंशिक क्षेति र ३ सय ९९ परिवार उच्च जोखिम परेको डेढ बर्ष सम्म सरकार बाट राहत र पुर्नबासको ब्याबस्था नहु“दा पिडित परिवारलाई दिन कटाउन सास्ती भएको छ । उक्त भीषण बाढीपहिरो बाट छाया“नाथ रारा नगरपालिका सालिम गाउ“मा ८ जनाले ज्यान गुमाए र जिल्लाभर र भौतिक पूर्बाधार र अन्नबाली गरि करिव ३६ करोड ८० लाख बराबरको क्षेति भएको थियो । डेढ बर्ष सम्म बाढीपहिरो पिडित परिवारले सरकार बाट कुनै राहत नपाएको खत्याड गाउ“पालिकाका स्थानीय रामबहादुर रावतले बताए । राहतको प्रतिक्षा गर्दै डेढ बर्ष बित्यो उनको दुखेसो छ ।
खत्याड गाउ“पालिकामा ६ हजार ७ सय १५ रोपनी जग्गा बाढी पहिरोले पूर्ण रुपमा बगर बनाउदा १६ हजार क्वीन्टल अन्नबाली क्षेति भएको छ । त्यसै गरि १ सय वटा सिचाई कुलो ७१ वटा खानेपानी २४ वटा बिद्यालय ६ वटा बिद्युत २४ वटा कोठे र झुलंगे पुल क्षेतिएको छ ।सोरु गाउ“पालिकाको कच्चे र तारपानी गरि करिव ८५ परिवारको खेतीयोग्य रोपनी जग्गा बाढीले छोप्दा बगरमा परिणत भएको छ । बाढीले छाया“नाथ रारा नगरपालिकाको झयारी गाउँका १ सय ४१ परिवार ६ बिस्थापित बनाएको छ । उक्त परिवार अहिले सम्म बाम्नीचौरमा त्रिपालमा बस्दै आएका छन । बाढी पिडित झयारी गाउ“का १ सय ४१ परिवारको अबस्था बेहाल रहेको वडाध्यक्ष कर्ण रावलले सुनाए । गत असोजको बाढीले छाया“नाथ रारा नगरपालिकाको बालै देखि घाट सम्म स्थानीयको खेतीयोग्य जग्गा बगर बनाएको छ भने एक दर्जन घट्ट बगाएको दुई वटा झोलुंगो पुल क्षेति बनाएको छ ।
नगरपालिका स्थित सालिम गाउ“का ३० परिवार अहिले सम्म गाउ“ भन्दा आधा घण्टा तल लुवाबान्ना भन्ने ठाउ“मा अस्थायी टहरा निर्माण गरि बस्न बाध्य छन । बाढी बाट मृतक ८ जनाका परिवारले प्रदेश सरकार बाट २ लाख बाहेक सरकार बाट अरु कुनै राहत पाएनन । बाढी पहिरो पिडित परिवारले सरकार बाट कुनै पुर्नबासको ब्याबस्था नभएपछि घरमा श्रीमति र बालबच्चा छोडेर पुरुष भारत तर्फ पलायन भएका छन ।सरकारले बाढी पहिरो गएको बस्तीलाई संकट ग्रस्त क्षेत्रको रुपमा घोषणा गरेपछि राहत तथा पुर्नबासको ब्याबस्था नगर्दा पिडित परिवार चिन्तित छन ।सरकारले बाढीपहिरो बस्तीलाई संकट ग्रस्त बस्तीको रुपमा घोषणा मात्रै ग¥यो नत राहत उपलब्ध भयो नत क्षेतिग्रस्त भौतिक संरचना बने नत बस्ती पूर्ननिर्माण गरियो खत्याड गाउ“पालिकाका वडाअध्यक्ष हेमराज मल्लको गुनासो छ ।
।