शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • देश
  • डोल्पामा सात हजार यार्सा संकलक पाटन प्रबेश एक करोड राजश्व असुली

डोल्पामा सात हजार यार्सा संकलक पाटन प्रबेश एक करोड राजश्व असुली

  • बुधबार, जेष्ठ १६, २०८१
डोल्पामा सात हजार यार्सा संकलक पाटन प्रबेश एक करोड राजश्व असुली

डोल्पा सात हजार यार्सा संकलक पाटन प्रबेश एक करोड राजश्व संकलन
मुगु– कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका यो पटक ७ हजार ४ सय जना यार्सा टिप्न पाटन क्षेत्रमा प्रबेश गरेको र उनीहरु बाट १ करोड २५ लाख ८७ हजार ५ सय राजश्व असुली भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।गत बर्ष डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न करिव ४ हजार यार्सा संकलकर्ता पाटन जा“दा तिनीहरु बाट ८५ लाख राजश्व संकलन भएको र यो पटक ७ हजार ४ सय जना यार्सा टिप्न पाटन जा“दा १ करोड २५ लाख ८७ हजार ५ सय राजश्व संकलन भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका बरिष्ठ संरक्षण अधिकृतको भनाई छ ।
गत बर्षको तुलनमा यो पटक दोब्बर यार्सा संकलककर्ता पाटन प्रबेश गरेको राजश्व पनि गत बर्षको तुलनामा झण्डै ४१ लाख बढी उठेको उनको भनाई छ । यार्सा गुम्बा ब्याबस्थापन(संकलन तथा ओसार पसार) निर्देशीका २०७३ बमोजिम निकुञ्ज क्षेत्र भित्रका ब्यक्तिलाई प्रति ब्यक्ति ५ सय र निकुञ्ज भन्दा बाहिरका स्थानीयलाई प्रति ब्यक्ति २ हजार र डोल्पा जिल्ला भन्दा बाहिरका स्थानीयलाई प्रति ब्यक्ति ३ हजारका दरले प्रबेश शुल्क उठाएको बरिष्ठ संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।
कुल संकलन भएको राजश्व मध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक बिकासमा खर्च गरिने ब्याबस्था उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार