मुगु —मुगु जिल्लाको पाटन क्षेत्रमा लेक लागेर यार्चा संकलक बिरामी र मृत्यू हुने थालेपछि औषधि सहित चिकित्सकको टोली पठाइदिन सांसद ऐनबहादुर शाहीले सरकार संग माग गरेका छन ।
आइतबार संघीय संसदको शुन्य समयमा बोल्दै सांसद शाहीले लेक लागेर दुई दिनमै चार जना यार्चा संकलकको मृत्यू भएको र धेरै बिरामी परेको हुदा तत्काल औषधि सहित चिकित्सकको टोली मुगुको पाटन क्षेत्रमा पठाई दिन सरकारसंग माग गरेका छन ।
गरिवीका कारण पैसाको लोभले यार्चा टिप्न पाटन पुगेका संकलककर्ताले लेक लागेर औषधि उपचार नपाएरै बाटोमै अकालमै ज्यान गुमाउनु पर्ने अबस्था उत्पन्न भएको भन्दै शाहीले संसदमा सरकारको ध्यानकर्षण गराएका छन ।सरकारले तत्कालै पाटन क्षेत्रमा चिकित्सक र औषधि नपठाएको खण्डमा लेक लागेर धेरै संकलककर्ताले ज्यान गुमाउने खतरा रहेको उनले बताए ।
मुगुम कार्मारोङ गाउ“पालिकाको डोल्फू गाउ“का स्थानीय पाटन तर्फ यार्चा टिप्न गएको मौका छोपेर २३ घरमा लुटपाट गर्ने ब्यक्तिलाई सरकारले अहिले सम्म पक्राउ गर्न सकेको शाहीको भनाई छ ।