शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • प्रदेश
  • उहीले गाउँलेका दुःख

उहीले गाउँलेका दुःख

  • बुधबार, जेष्ठ २३, २०८१
उहीले गाउँलेका दुःख

मुगु–मुगु जिल्लमको सोरु गाउँपालिका–४ लिब्रु गाउँका ७६ बर्षिय भैरै कामी अचेल खुशी छन । ६१ बर्षसम्म उनले दुःख र कष्टमै दिन बिताए ।
सुखको दिन फिर्न थालेपछि उनको जीवन डा“डापारिको घाम जस्तै बनेको छ । बिमारले घेर्न थालेपछि सुखका दिन नभोग्न पाइने भयो भन्दै उनी चिन्तित छन ।
तन्नेरी अबस्थामा दश किलो नुन र परिवारलाई लत्ताकपाडा भाडा बर्तिन किन्ने एक महिना हिडेर बर्दिया राजापुर चिसापानी पुगेको दिन सम्झिदा उनी ढंग छन अहिलेको सुबिधा गाउ“मै पुगेको देखेर कामीको अनुहार हषिलो हुने गरेको छ । आफनै आँखाले घर पारि कर्णाली करिडोरमा गाडी गुडेको देख्दा अचम्म मान्ने गरेका छन ।
दुःखको तिनै दिन सम्झिदा मुटु का“प्छ कामीले भने नुन, खाना पकाउने भाडा, शरिर ढाक्ने कपाडा ल्याउन एक महिना हिडेर बर्दिया राजापूर, चिसापानी पुग्यौं । भीर बाटो हिडनु पथ्र्यो कर्णाली नदीमा तुइन तर्नु पथ्र्यो बास बस्ने होटल थिएनन ओढार चौरमा बस्नु पथ्र्यो उनले सुनाए । कामीले भने उती बेला जुत्ता पाइदैनथे नाङलो खुट्टामै हिडने बानी बसेको थियो ।
उहीले यस्ता पैसा कहा“ थिए सिक्का बोकेर समान किन्ने हाट जान्थौ एक सय चा“दी सिक्काले भोकी नसक्नु भारी हुन्थ्यो । खर्च गर्न नसकेर केही पैसा घर फिर्ता ल्याउथ्यौ उनले सुनाए ।
उतिखेर खुट्टामा लगाउने पौला(जुत्ता) थिएनन नाङ्गो खुट्टामै एक हिडेर राजापुर समान ल्याउन जाने गरेको उनले दुःख पोख्दै भने खुट्टाका पैतलामा का“डा र ढुंगा बिजेको थाहा हुदैन थियो
जन्मेको १२ बर्षको उमेरमै तलको हाट माथिको भोट गर्दै पिठियूमा भारी भोक्न सुरु गरेको बताए ।
भेडाखसी लिएर तिब्बत तालाखारमा उन नुन किन्ने जाने गरेको दुखेसो सुनाउछन पहिले गाउ“मा एक माना नुन पाउन सारै मुश्किल हुने उनको अनुभव छ ।
उहिले यस्ता फराकिलो बाट खोलामा पुल केही थिएनन उनले भने कर्णाली नदी पार गर्न बाबियोको डोरीमा तागुलो लगाएर वारिपारि गर्नु पथ्यो खोला पार गर्न सुरुवाल निकाले जा“घर तर्ने चलन थियो ।
छायाँनाथ रारा नगरपालिका रुगा गाउँका धन लावडको दुःख पनि कहाली लाग्दो नै छ । बिस २०४५ सालमा भोकमरीको चपेटा परेको दुःख सम्झाए । जग्गामा अन्न नफल्ने जिल्लामा खाद्यन्न नपाइने बिहान र बेलुका छाक टार्न आ“खा बाट आ“सु झानु पर्ने दिन बिताएरको लावडले बताए ।
निगालोको सुपो बाबियोको कुच्चो र गाई भैसी बा“धने गलिइयू बनाएर गाउ“मा बेच्न जाने र दुई चार पाथी अन्न ल्याएर परिवारलाई पेट चारो गर्ने गरेको उनको भनाई छ ।
उहिलेको कहाली लाग्दो भोमकरीको दुःख सम्झिदा आ“खा बाट आ“सु झर्छ । लावडले भने २० दिन हिडेर अछाम सा“फेबगर पुगेर ३० किलो चामल ५ पाथी गहु“ ल्याएर परिवार पाल्यौ ‘साब’ लावडले भने अब त शहरको सबै सुबिधा गाउ“ पुगि सक्यो अहिलेका मान्छेलाई बा“च्न सजिलो छ ।
सुबिधा संगै तन्नेरी बिगारने ब्याबस्था पनि आयो साब उनको भनाई छ । सुबिधा भोगिले गर्दा बानी बिग्रीयो पढेलेखेका युवाले खेतीपाती गर्न छोडे जा“डरक्सी खाएर झगडा गर्ने पैसा फाल्न थाले उनी सुनाउछन ।
कर्णालीका माछा झारीको सिक्नु खाएर हामीले भोक टा¥यौ लावडले भने अचेलका केटाकेटी कोदाको रोटी कागुनोको भात फापर खा“दैनन उति बेला उही पाए हामी कति मन खुशी गरि खान्थ्यौ होला ।
२०५० साल अघि सम्म पुस माघ घरको ढोका थुन्ने हिउ पर्ने खुट्टा दोचा बोकु लगाएर गाई गोरु भेडाबाख्रा चराउन जाने गरेको बुढापाका सुनाउछन । २०६० साल यता देखि बाक्लो हिउ पर्न छोडेको उनीहरुको भनाई छ ।
एक पाथी अन्नमा कुकुरा २ सय रुपैया“मा खसी बाख्रा र ५ सयमा गाई भैसी किनेर पाल्ने र बिक्री गर्ने उतिखेरको जमाना हराएको र अहिले रुखका पात जस्तै पैसाले नपुगेर भ्रष्टचार चोरी डकैती लुटपाट हुने थालेको खत्याड गाउ“पालिका गम्था गाउ“का दिनेश घोडासैनीले बताए ।
छायाँनाथ रारा नगरपालिका–३ श्रीचन्द रावललाई कलिलो उमेरमा बाह्रखरी सिक्नै सास्ती खेप्नु परयो । घर बाट एक घण्टा हिडेर हेन्नीका“ध गाउ“मा जाने र त्यहा“ एक जना बाहुन संग गुरुपुजा राखेर क ख ग सिक्नु परेको उनी सुनाउछन । जिल्लाभरि स्कुल थिएनन रावलले भने पढन सारै दुःख कष्ट ब्यर्होनु पर्दा अघिल्लो पुस्तामा मान्छे अशिक्षित भए ।
चामलको माना ध्यूको बट्टा बोकेर जुम्ला सिजा पुगेर बाहुन संग बाह्रखरी पढेर नाम लेख्ने घोक्न सिक्ने हुन्थो उनले भने बिस २००९ सालमा श्रीनगर छत्यालबाडा गाउ“मा पहिलो पाठशाला नामक स्कुल स्थापना भएपछि हुने खानेका छोराछोरीले पढन सुरु गरे ।
रावलले भने त्यसपछि २०११ सालमा रारा हुटुमा प्राबि स्कुल खुल्यो अनि शिक्षाको सुरुवात भयो । उती बेला पढन सारै सास्ती थियो कापी कलम नपाइने काठको पाटीमा बाह्रखरी पढनु पर्ने र निगालो कमल भोजपत्रको कापी जडीबुटीको मुसी गरेर पढनु पर्ने रावल भने बाह्रखरी सम्म जान्ने भएपछि उसको महत्व धेरै हुन्थ्यो सबैले गुरु भन्थे । अहिले जिल्लामा प्राबि देखि माबि सम्मको स्कुलको संख्या १ सय ४१ छ ।
बिस २०४८ साल पछि पंचायती ब्याबस्था अन्त भई बहुदलिय ब्याबस्थामा मुगु जिल्लाका हस्तबहादुर मल्लले चुनाव जितेर शिक्षा राज्यमन्त्री हुदा २ सय १९ बस्तीमा स्कुल स्थापना गरेपछि बल्ल गरिब दलित महिलालाई पढन सहज भएको राम्रो उहा“को भनाई छ ।
गमगढीमा रारा बहुमुखी क्याम्पस स्थापना भएपछि उच्च शिक्षा पढन सुर्खेत नेपालगञ्ज जानु पर्ने गरिबका छोराछोरी अचेल घरमै बसेर २ सय युवायुवती स्नात्तकतह पास गरि सकेका छन । कृषि प्राबिधिक ओभरसियर पढन जुम्ला जाने गरेका यहा“ युवायुवतीहरु आजकाल जिल्लामै पढेर लोकसेवा दिन थालेका छन ।
मुगुमा ७० बर्ष उमेर नाघेका महिला पुरुषको ६० बर्ष सम्मको जुनी धेरै दुःख कष्टमै बितेको छ । पढाइ लेखाई औषधि उपचार आउजाउ गर्ने यातायातको ब्याबस्था नहु“दा कष्टकर जीवन गुर्जान बाध्य भए ।
ज्वरो आए दाउको पेट दुख्ने आ“खा पाके बन जंगल बाट जडिबुटी ल्याउने र ढुंगामा घोटेर खस्ने र खाने गथ्र्यौ लावडले भने उहीले गाउ“मा झाडापाखा महामारी धेरै फैलिन्थो अकालमा धेरैको ज्यान जान्यो ।
अहिले जताततै औषधि पाइन्छ डाक्टर संग चेकजा“च गराउने जस्ता भौतिक सुबिधा थपिए पछि महिला पुरुषल ज्यानको सुरक्षाको महसुस गरेको उनको भनाई छ
बिरामीले थला परे भुत लाग्यो भनेर धामी झा“क्री हेराउने यहा“का स्थानीय अचेल समान्य टाउको दुखे डाक्टर संग चेक गराउन जाने गरेका छन । गमगढीमा १५ शैयाको अस्पताल संचालनमा आएपछि महिला पुरुषलाई औषधि उपचार गर्न केही सहज भएको हो ।
२०६० साल भन्दा अघि सम्म यहा“का स्थानीय कर्मचारीहरुले सुर्खेत नेपालगञ्ज समान किन्न औषधि उपचार गर्न जा“दा जहाज चढने दुई दिन हिडेर जुम्ला जानु पर्ने र कि त सातु सामल बोकेर जुम्ला सिजा कालिकोट हुदै लगातार १५ दिन सम्म हिडनु पर्ने अबस्था थियो ।
रारा बिमानस्थल निर्माण भई बिस २०६२ देखि जहाज चल्न सुरु गरेपछि हिडनु पर्ने दुःख केही मात्रमा टरेको हो । बिस २०५२ साल देखि साविसको २४ वटै गाउ“ बिकास समितिमा उपस्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयलाई औषधि पाउन र समान्य रोगको उपचार गर्न सहज भएको छ ।
बिस २०६८ साल भन्दा अघि सम्म जिल्लामा प्रयाप्त खाद्यन्न र नुन नपुग्दा सर्बसाधारण ब्यापारी कर्मचारीलाई पा“च किलो चामल र एक किलो नुनको निम्ति गोदाममा दिनभर लाइनमा बस्नु पर्ने कर्मचारीलाई प्रमुख बाट राशन कार्ड बनाउनु पर्ने स्थानीयले सिडिओ बाट चामलको कुपन नेता बाट भनसुन गराउनु पर्ने कठिन परिस्थिती बाट मुक्त पाएका छन । अचेल जिल्लामा नुन चामलको राजीनितिक पनि अन्त भएको छ
गोदाम बाट चामल बितरण गर्ने दिनमा स्थानीयको भीड लाग्ने प्रहरी कार्यालय बाट सुरक्षा बोलाएर चामल बितरण गर्नु पर्ने अबस्थाको बिस्तारै अन्त हुदै गएको अचेल खाद्यको चामल बिक्न मुश्किल भएको खाद्य संस्थानका कर्मचारी बताउछन ।
२०६९ साल पुस १ गते देखि मुगु जिल्ला सडक सञ्जालमा जोडिए पछि खाद्य आपूर्ती देखि आउजाउ गर्न ब्यापारीलाई समान ढुवानी गर्न सुबिधा भएको छ
सडकले गर्दा जिल्लामा तीन तिहाई मह“गी घटेको उनले सुनाए । सडक संजाल सिमित गमगढी सम्म मात्र नभएर स्थानीयतह सोरु गाउ“पालिकाको सोरुकोट, नार्थपु, भीई, कालै, खत्याड गाउ“पालिकाको गम्था सेरी, श्रीकोट, खमाले र मुगुम कार्मारोङ्ग गाउ“पालिकाको छाइल गाउ“ लगायत गाउ“ बस्तीमा सडक सुबिधा जोडिएको छ ।
गाडी चढन र हेर्न गमगढी पुग्ने गाउ“बस्तीका स्थानीय हिजोआज गाउ“ बाटै जिप चढेर गमगढी, जुम्ला, कालिकोट, सुर्खेत नेपालगञ्ज पुग्न थालेका छन ।
गाउ“मा गाडी पुग्लान भन्ने सपना पनि थिएन सोरु गाउ“पालिका सिप गाउ“की गोबिन्दा बिष्टले भनिन सुक सुबिधाको ब्याबस्था आयो घर बाटै गाडी चढेर शहर पुग्न पाउदा बिगतका दुःख बिर्सिदै गएका छौ
जिल्लाको चार वटा स्थानीतह भित्र रहेका खोला र कर्णाली नदीका परम्परागत दर्जनौ तुइनहरु बिस्तापित गरि ६५ वटा झोलुगें पूल निर्माण भएका छन भने तीन वटा गाडी तर्ने बेलिब्रिज बनेपछि
स्थानीय स्कुल पढने बिधार्थीलाई एक गाउ“ बाट अर्को गाउ“ पुग्न सहज भएको छ ।
पूल निर्माणले गर्दा छिमेकी जिल्ला र बस्तीको एक पारिवारिक सम्बन्ध बिस्तार भएको आउजाउ गर्न सहज भएको ज्यानको सुरक्षा भएको नागरिक अगुवा रुपबहादुर मल्लको भनाई छ ।
छाया“नाथ रारा नगरपालिकाको १ देखि १४ वटा वडाका ८६ वटा बस्तीमा सडक पुगेपछि स्थानीयलाई आउजाउ गर्न बिरामी ल्याउन र लैजान सुबिधा भएपछि बिकासको महसुस गरेका छन । २०६५ साल अघि सम्म गर्भवती महिलालाई बच्चा जन्माउन मुश्किल हुन्थो । उती बेला प्रसुतीगृहको सुबिधा नहुँदा धेरै गर्भवतीको अकालमा ज्यान जाने र ९० प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गर्थे ।
अचेल गाउ“मा प्रयाप्त प्रसुतीगृह नहु“दा ९५ प्रतिशत गर्भवती महिलाले घर गोठमा जोखिम अबस्था सुत्केरी हुने अकालमा आमा र शिशुको ज्यान जाने अबस्थाको अन्त हुदै गएको छ । अहिले सरकारी क्षेत्र बाट ९ वटा र गैसस हेरेण्डेक नामक संस्था बाट १४ वटा प्रसुतीगृह संचालनमा आएपछि गर्भवती महिलाई बच्चा जन्माउन गर्भ चेक गर्न सहज भएको छ ।
सरकारी तथा गैससको स्वास्थ्य क्षेत्रमा लगानी र जनचेतना अभिबृद्धिका कारण मातृशिशु मृत्यूदर न्यूनिकरण भएको जिल्ला स्वास्थ्य सेवा अधिकृत उमेश गौतमले बताए जोखिम अबस्थाका गर्भवतीलाई राष्टपति उत्थान कार्यक्रम बाट हेलिकप्टर बाट उद्धार समेत गर्न थालिएको छ ।
जिल्ला बाहिर रहेका आफन्तहरु सित कुराकानी गर्न २०६० साल भन्दा अघि सम्म निकै मुश्किल थियो ।
हुलाक मार्फत चिठ्ठीद्धारा सञ्चो बिसञ्चोको खबर प्राप्त हुने गरेको थियो । हुलाक बाट पनि एक दुई महिनापछि चिी पाउनु पर्दा ताजा खबर बिलयन भइसकेको हुन्थ्यो ।
गमगढी बजार क्षेत्रका कर्मचारी स्थानीय नेपाल टेलिकममा एककल फोन गर्न नाम लेखाउनु पर्ने अबस्था थियो बिस २०६४ साल देखि जिल्लामा मोवाइल सेवा सुरु भएपछि स्थानीय कर्मचारी ब्यापारी संचार क्षेत्र संग जोडिन पुगेका छन
नेपाल टेलिकमले १३ वटा स्थानमा मोवाइल टावर जडान गरेपछि गाउ“ देखि शहर सम्म संचारको पहु“च बिस्तार भएको छ अहिले प्राय जसो सबैको हातमा मोवाइल चलाउन थालेका छन सिमित मोवाइल मात्र नभएर इन्टरनेट सेवा समेत पहु“च बृद्धि भएको छ ।
पर्यटकिय क्षेत्र रारामा फोरजी सेवा स्थानीयतहका वडाहरुमा इन्टरनेट सेवा संचालनमा आएपछि गाउ“घरका युवा देखि कर्मचारी बिश्वको संचार सेवा सित जोडिन पुगेका छन ।
ज्यालादारी कामको लागि भारतको कालापहाड जाने तन्नेरीको संख्या घटेको छ । बिस २०६० साल भन्दा अघि सम्म ज्यालादारी काम भारत जानेको संख्या करिव ४५ प्रतिशत भन्दा बढी थियो भने अहिले १० प्रतिशत पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार